१३४ सांसद – विधायक महिला विरुद्धको अपराधमा

भारत । भारतका १३४ जना वर्तमान सांसद तथा विधायकहरुले महिला विरुद्धको अपराधको सामना गरिरहेका छन् । निर्वाचन सुधारका लागि काम गर्ने संस्था एडीआरले यी जनप्रतिनिधिको शपथपत्रका आधारमा यो प्रतिवेदन तयार पारेको हो ।
यी १३४ जनप्रतिनिधिमध्ये २१ सांसद तथा ११३ जना विधायक छन् । महिला विरुद्धका अपराधका घटनाहरूमा महिलाको इज्जत भंग गर्ने नियतले महिलामाथि कुटपिट वा आपराधिक बल प्रयोग, जबरजस्ती विवाहको उद्देश्यले अपहरण, श्रीमान् वा आफन्तबाट क्रूरता, नाबालिग बालिकालाई वेश्यावृत्तिका लागि किन्ने र बलात्कार सम्म समावेश छन्।
दलमा भाजपा राज्यमा बंगाल
त्यस्ता जनप्रतिनिधि भाजपामा सबैभन्दा बढी छन्। भाजपाका ४४ सांसद र विधायक बिरुद्ध त्यस्तो आरोप छ भने कांग्रेसमा २५, आम आदमी पार्टीमा १३, तृणमूल कांग्रेसमा १० तथा बीजेडीमा ८ सांसद र विधायक कलकित छन् ।
त्यस्ता २६ जना जनप्रतिनिधिका साथ पश्चिम बंगाल राज्य यो सूचीको अग्रस्थानमा छ। यससँग महाराष्ट्र र ओडिशामा १४ यस्ता सांसद – विधायक छन् भने दिल्लीमा १३ , आन्ध्र प्रदेशमा ९ र बिहारमा ८ उच्च जनप्रतिनिधि महिलाका मामिलामा दागि छन् ।
बलात्कारक आरोप
यी जनप्रतिनिधिमध्ये कम्तीमा १८ जनाविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ । तीमध्ये ४ सांसद र १४ जना विधायक छन्, जसमध्ये ७ जना भाजपामा , ६ जना कांग्रेसमा र १-१ जना आम आदमी पार्टी र तृणमूल कांग्रेसमा छन्।
एडीआर भन्छ – यी गम्भीर मुद्दा हुन् जसमा या त आरोप तय गरिएको छ वा अदालतले संज्ञान लिइसकेको छ। त्यसैले यस्ता व्यक्तिलाई चुनाव लड्न प्रतिबन्ध लगाउनुपर्छ ।
सर्वोच्च अदालतले २०२० को फेब्रुअरीमा दिएको आदेशअनुसार फौजदारी मुद्दा भएका व्यक्तिलाई चुनाव लड्ने टिकट किन दिइयो भन्ने बिषयमा राजनीतिक दलहरूले स्पष्टीकरण दिनुपर्छ ।

प्रतिक्रिया