बिहीबार, असार ५, २०८२

बढ्यो सुनको मूल्य

नेपालखोज २०८० साउन २९ गते ११:२२

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासङ्घले आज चाँदीको कारोबार प्रतितोला १३ सय ७५ रुपैयाँमा भइरहेको जनाएको छ । जुन, हिजो आइतबारकै कारोबार मूल्य हो ।

प्रतिक्रिया