संसारका सबैभन्दा ठूला आयात – निर्यातकर्ता देश

काठमाडौं । विश्वमा थोरै मात्र देश छन् जसको निर्यात मूल्यको हिसाबले कुल आयातभन्दा बढी छ । युक्रेन युद्धपछि यो सूचीमा निकै तलमाथि भएको छ ।
चीन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हो । यसको शुद्ध व्यापार ४०१ अर्ब डलरभन्दा बढी छ । कुल निर्यात र आयात बीचको भिन्नताबाट बढिआएको रकम नै शुद्ध व्यापार हो।
रुस दोस्रो नम्बरमा
रुसको कुल व्यापार २३३ अर्ब डलर छ । युक्रेन युद्धका बेला रुसमाथि प्रतिबन्ध लगाइए पनि यसको कुल निर्यातमा खासै परिवर्तन आएको छैन ।
२०२२ मा नर्वे शुद्ध व्यापार बचतको मामिलामा तेस्रो स्थानमा थियो । नर्वेले कुल आयातको तुलनामा १७५.४ बिलियन डलर भन्दा बढीको निर्यात गरेको थियो ।
यो मामिलामा जर्मनी चौथो ठूलो देश हो। २०२२ मा यसको शुद्ध व्यापार १७२.७ बिलियन डलर थियो । मेसिनरी र कारको निर्यातमा जर्मनी शीर्ष स्थानमा छ ।
९१ अर्ब डलरको शुद्ध व्यापारका साथ यो सूचीमा जापान पाँचौं नम्बरमा छ ।
लगानी नगरेको भन्दै आलोचना
यति उच्च शुद्ध बचतका कारण यी देशको आलोचना पनि भैरहेको छ । उनिहरुले लगानी गर्नुको सट्टा पैसा जम्मा गरेको आरोप छ ।
अमेरिका अझै पनि विश्वको सबैभन्दा ठूलो आयातकर्ता हो । २०२२ मा अमेरिकाले निर्यात गरेको भन्दा ९४३.८ बिलियन डलर भन्दा बढीको सामान आयात गर्यो ।
अमेरिकाले चीनबाट सबैभन्दा बढि आयात गर्छ जसका कारण उसलाई चीनको ठूलो ऋण पनि लागेको छ । सन् २०२२ मा भारत विश्वको तेस्रो ठूलो आयातकर्ता देश हो ।
अमेरिका र यसको बीचमा बेलायत मात्र छ। भारतको शुद्ध व्यापार माइनस ८०.४ बिलियन डलर थियो जबकि बेलायतको व्यापार माइनस १२१.४ बिलियन डलर थियो ।








प्रतिक्रिया