एल निनो : स्वास्थ, भोजन र अर्थतन्त्र सबैलाई असर गर्छ

नेपालखोज २०८० साउन ३१ गते ६:५३

एल निनोको प्रभाव क्रमशः बढ्दै गएको छ । यो एउटा प्राकृतिक घटना हो जसका कारण आगामी महिनाहरूमा तापक्रम निकै उच्च रहने र मौसमी प्रकोपको संख्या पनि बढ्ने बताइदैछ । धेरै वर्षपछि सन् २०२३ मा अल निनो फर्किएको छ । विश्व मौसम संगठनका अनुसार गत महिनादेखि नै यो सुरु भएको छ । यसको प्रभाव प्रशान्त महासागरमा उच्च तापमान संगै सुरु हुन्छ र अक्सर ९ देखि १२ महिना सम्म कायम रहन्छ ।

वर्षको अन्त्यसम्म पृथ्वी यसबाट प्रभावित हुने सम्भावना छ । ग्लोबल वार्मिङसँग लडिरहेको संसारमा एल निनोको प्रभाव घातक हुनसक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । उदाहरणका लागि यसका कारणले गर्दा मलेरिया र डेंगु जस्ता रोगहरू फैलिन सक्छन्, जुन उच्च तापक्रममा सक्रिय हुन्छन् । अमेरिकाको वेलकम ट्रस्ट च्यारिटीको जलवायु प्रभाव विभागका प्रमुख मेडलिन थमसन भन्छन् – जब पहिलो एल निनो प्रभावले प्रहार गर्‍यो हामीले पानीबाट हुने रोगहरू र अन्य संक्रामक रोगहरूको फैलावटमा वृद्धि देख्यौं । स्वास्थ्यमा प्रभाव एल निनोका कारण दुई कुरा एकसाथ बढ्छन् ।

पहिलो वर्षा हो जुन मात्रा र आवृत्तिमा बढ्छ, र दोस्रो पानी जम्मा हुने ठाउँहरूमा वृद्धि हो जसका कारण लामखुट्टे जस्ता उच्च तापक्रममा जन्मिने जीवबाट सरुवा रोग फैलिन्छ । सन् १९९८ मा एल निनो आउँदा धेरै ठाउँमा मलेरियाले महामारीको रुप लियो । एल निनोले डढेलो जस्ता घटनामा कति बृद्धि गर्छ भन्न गाह्रो छ तर विज्ञहरू यो जोखिम बढेको कुरामा सहमत छन् । यसलाई साइलेन्ट किलर पनि भनिन्छ किनभने यसमा बाहिरबाट खतरा देखिदैन तर गर्मीको लहरले कुनै पनि प्राकृतिक प्रकोप भन्दा बढी मानिसको ज्यान लिन्छ – बोस्टन विश्वविद्यालयको जलवायु र स्वास्थ्य विभागका अध्यक्ष ग्रेगरी वेलेनियस भन्छन् ।

एक अनुमान अनुसार अघिल्लो गर्मीमा युरोपमा तातो हावाको लहरका कारण ६१ हजार मानिसले ज्यान गुमाएका थिए भने एल निनो प्रभावले त्यतिबेला काम गरेको थिएन । यस्तो परिस्थितिमा यो वर्षको जुलाईलाई इतिहासकै सबैभन्दा तातो महिना मानिएको छ । बालीमा असर इन्टरनेशनल रिसर्च इन्स्टिच्युट फर क्लाइमेट एण्ड सोसाइटीका वाल्टर बेथगेन भन्छन् – दक्षिण र दक्षिणपूर्वी एसिया जस्ता क्षेत्रका धेरै देशमा एल निनो सक्रिय हुँदा बालि उत्पादन ( फसल ) कम हुने सम्भावना बढी हुन्छ। गत महिना भारतले अनियमित मनसुन र बाढीले धानबालीमा क्षति पुर्‍याएको र यस वर्ष कम बाली हुने सम्भावना रहेको भन्दै केही जातका चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो। अनुसन्धानकर्ताहरुका अनुसार यस्ता कदमले सिरिया र इन्डोनेसिया जस्ता देशहरुको अर्थतन्त्रमा निकै नराम्रो प्रभाव पारेको छ किनभने उनीहरु चामलको निर्यातमा निर्भर छन् । बेथगेन भन्छन् – एल निनोका कारण यी देशहरूले ‘ट्रिपल ह्यामी’ सामना गर्न सक्छन् ।

उनी भन्छन् – यी देशहरूमा चामलको उत्पादन सामान्यभन्दा कम हुन सक्छ । त्यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा चामलको व्यापार कम हुनेछ। फलस्वरूप मूल्य बढ्ने हो। यसले खाद्य सुरक्षामा ठूलो असर गर्छ। अर्थव्यवस्थामा प्रभाव एल निनोले व्यापारलाई कसरी असर गर्न सक्छ भन्ने नमूना गत हप्ता विश्वका लागि सबैभन्दा महत्त्वपूर्ण व्यापार मार्गहरू मध्ये एक पनामा नहरमा देखियो। गत हप्ता, पनामा नहर व्यवस्थापनले घोषणा गर्‍यो कि वर्षा कम भएका कारण जहाजहरूको आवागमन अवरुद्ध भएको छ ।

फलस्वरूप व्यवस्थापनलाई २० करोड डलर नोक्सान हुने अनुमान गरिएको छ । एल निनोले विश्व अर्थतन्त्रलाई कत्तिको नोक्सान पुर्‍याउन सक्छ भन्ने कुराको उदाहरण पनामा नहरबाट पार गर्न पर्खिरहेका जहाजहरू पनि हुन् । मे महिनामा साइन्स जर्नलमा प्रकाशित एक अध्ययनले एल निनोका कारण आगामी वर्षहरूमा विश्व अर्थतन्त्रलाई ४ ट्रिलियन डलर नोक्सान हुने उल्लेख गरेको छ । यद्यपि, अक्सफोर्ड विश्वविद्यालयका अर्थशास्त्रीहरू यो मूल्याङ्कनसँग पूर्ण रूपमा सहमत छैनन्। वेलेनियस भन्छन् – लागत स्पष्ट नहुन सक्छ तर वैज्ञानिकहरूले आशा गरेका छन् कि एल निनो पूर्वानुमान प्रणालीमा सुधार गर्नाले खतराका लागि वार्निङ संसार तयार गर्न मद्दत गर्नेछ । किनभने प्रकोप व्यवस्थापन भन्दा बढी प्रभावकारी पुर्व तयारी हुन्छ । स्रोत : एपी

प्रतिक्रिया