एएफसी कपमा मछिन्द्रले आज मोहन बगानसँग खेल्दै
नेपालखोज
२०८० साउन ३१ गते ८:०८

काठमाडाैं । एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको ए डिभिजन क्लब मछिन्द्र एफसीले आज भारतको आइएसएल क्लब मोहन बगानसँग खेल्दैछ । साल्ट लेक रंगशालामा हुने खेलमा जित हात पार्दै दुवै टोली एएफसी कप छनोट प्लेअफमा स्थान बनाउन चाहान्छन् ।
मछिन्द्रले काठमाडौंमा भएको पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । खेल नेपाली समयअनुसार बेलुका ७ः१५ बजेबाट सुरु हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया