दुई वर्षमा तालिबानी शासन

काठमाडाैं । अफगान जनता खासगरी महिलाहरुले आफूलाई सारा संसारले कसाहिहरुको हातमा बेसहरा छाडेको महसुस गरेका छन् । किन भने तालिबानले सत्ता कब्जा गरेदेखि नै आफ्नो उपलब्धिका रुपमा महिला तथा बालिकाहरूको स्वतन्त्रतालाई खतरामा पार्ने सामाजिक प्रतिबन्धहरू लगाएका छन् । २९ वर्षीय मारुफ भन्छिन् – इमानदारीपूर्वक भन्नुपर्दा मलाई लाग्छ म एउटा दुःस्वप्न बाँचिरहेकि छु ।
काबुल निवासी मारुफले महिला तथा बालबालिकाका लागि एउटा गैरसरकारी संस्था बनाएकी थिइन् तर १५ अगस्ट २०२१ मा तालिबान काबुलमा प्रवेश गरेपछि उनको संगठन बन्द भयो। २० वर्ष अफगानिस्तानमा बसेपछि जब नाटो सेना बाहिरिने समय आयो कट्टरपन्थी इस्लामिक समूह तालिबान ठूलो गतिमा अगाडि बढ्यो र पूरै देशमा कब्जा जमायो , यो सबै केहि हप्ता भित्रै भयो ।
तालिबानले इस्लामिक कानून अर्थात शरिया अन्तर्गत महिला अधिकारको सम्मान गर्ने वाचाका साथ सत्ता कब्जा गरेको थियो तर पछिल्ला दुई वर्षमा तस्विर त्यसको ठिक उल्टो भएको छ । अहिले त्यहाँ विभिन्न प्रतिबन्धहरू लगाइएका छन् जसले सार्वजनिक जीवनमा महिलाहरूको सहभागितालाई समाप्त पारेको छ, जस्तै शैक्षिक संस्था र कार्यालयहरूमा जाने अवस्थाहरू ।
मारुफ भन्छिन् – तालिबान परिवर्तन भयो वा सुधार भयो भन्ने आशा कहाँबाट जाग्यो, मलाई थाहा छैन । हामीले सधैं बुझेकै कुरा हो कि यिनिहरुको शासनमा हामीले हासिल गरेका सबै कुरा गुमाउनेछौं । हामीले पहिले नै तालिवानको नियन्त्रणमा रहेका क्षेत्रहरू हेर्न र उनीहरूले महिला अधिकारलाई कसरी घृणा गर्छन् भनेर हेर्न भनेका थियौं, तर हाम्रो कुरा कसैले सुनेन, न अमेरिकाले न ईयुले न यूएनले । काबुल कब्जा गर्नुअघि नै अफगानिस्तानका धेरै ग्रामीण इलाकामा तालिबान जम्मा भएका थिए। ती क्षेत्रमा महिला र बालिकाहरु घरमै थुनिए । उनीहरुको भागमा छोरी, श्रीमती र आमाको परम्परागत भूमिका मात्र छ । यो अवस्था सन् १९९६ र २००१ को बीचको जस्तै हो ।
त्यतिबेला र अहिले पनि अफगान महिला तथा बालिकाहरूलाई पढ्न वा काम गर्न अनुमति थिएन – छैन । उनीहरु पुरुषबिना घरबाट बाहिर निस्कन सक्दैनन् । तालिबानी आदेशको अवज्ञा गर्ने महिलाहरूलाई सार्वजनिक रूपमा कोर्रा लगाइन्छ ।
अफगानिस्तानभित्र शान्ति सम्झौताका लागि जिम्मेवार शान्ति मन्त्रालयका उपमन्त्री अलेमा अलेमाले सन् १९९० र अहिलेको तालिबानबीच कुनै भिन्नता नभएको बताइन्। फरक के मात्र छ भने उनीहरु अहिले पहिलेको तुलनामा धेरै सचेत र अनुभवी भएका छन् ।
अलेमा भन्छिन् – सत्तामा आएदेखि उनिहरुले महिलालाई असर गर्ने ५१ वटा प्रतिबन्ध लगाएका छन् । यसको अर्थ हरेक महिना एउटा प्रतिबन्ध । उनले यी सबै प्रतिबन्ध एकैचोटि घोषणा गरेनन् किनभने उनीहरु मानिसहरूलाई बिच्काउन चाहँदैनथे ।
अब २ वर्ष पछि आएर तालिवानले देशमा कस्तो विध्वंश ल्याइरहेको छ भन्नु पर्दैन । अहिले तालिबानी नीतिहरूको निन्दा गर्नुबाहेक अरू केही उपाय छैन । अर्थतन्त्र तहसनहस छ र २० लाखभन्दा बढी मानिस गरिबीको रेखामुनि छन् । जनता बाँच्नका लागि मात्र संघर्ष गरिरहेका छन् । हो , आतंकका घटना घटेका छन् किनभने जो आतंक मच्चाउँथे अहिले उनिहरु नै सत्तामा छन । यद्यपि यो मुर्दा शान्तिको शासन कुनै ठुलो र भयावह आतंक भन्दा कम छैन ।
स्रोत : एजेन्सी








प्रतिक्रिया