शनिबार, वैशाख २२, २०८१

उपलब्ध हुन थाल्यो सामसङ ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ 

नेपालखोज २०८० साउन ३१ गते १५:५०

काठमाडाैं । सामसङले आफ्नो उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप ५ तथा ग्यालेक्सी जेड फोल्ड ५ सार्वजनिक गरेको छ ।

सामसङका सह-उपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल २०२२ प्रियंका रानी जोशीद्वारा संयुक्त रुपमो संयुक्त रुपमा ती नयाँ मोबाइलहरुको अनावरण गरिएको थियो।

अनावरण कार्यक्रमको दौरान नयाँ ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ को विभिन्न विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, इमर्सिभ भ्युइङ, सेल्फी र आईपीएक्स८ रेटिङलाई फेसन रन-वेमा मोडलहरुले प्रदर्शित गरेका थिए।

चार वर्षअघि सामसङले फोल्डेबल स्मार्टफोनअन्तर्गत एउटा क्रान्तिकारी सुरुवात गरेको थियो। सामसङले निरनतर रुपमा ग्यालेक्सि जेड सिरिजलाई उत्कृष्टता र परिष्कृत गर्दै लगेको छ । ग्यालेक्सी जेड फ्लिप ५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड ५ मा मल्टीटास्किङहरु गर्नसम्म सकिने बताइएको छ ।

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाऊ बनाउन सावधानी पूर्वक निर्माण गरिएको छ। यसमा मेन स्क्रिन शक डिस्पर्सन तहका साथ जडान गरिएको छ। यसका साथै आईपीएक्स ८ को रेटिङ,आर्मर अलुमिनियम फ्रेम , गुरिल्ला ग्लास भिक्टसको प्रयोग , फ्लेक्स विण्डो यो फोनको बिशेषता हो ।

यसमा नयाँ एकीकृत हिन्ज मोडल जडित छ जसले बाह्य असरहरुलाई फैलिन दिँदैन। उत्पादनको लाइफ साइकल बढाउन हरेक उपकरण ५ वर्षको सेक्यूरिटि अपग्रेड र ४ पुस्ताको ओएस अपग्रेडका साथ उपलब्ध छ।

ग्यालेक्सी जेड फ्लिप ५

ग्यालेक्सी जेड फ्लिप ५ सेल्फ एक्सप्रेसनका लागि निर्मित पकेट साइजको उपकरण हो जसले स्टाइलिस, उत्कृष्ट फोल्डबल फोनको अनुभव प्रदान गर्दछ। ग्यालेक्सी जेड फ्लिप ५ तीन रङ मिन्ट, लाभेन्डर र कालोमा उपलब्ध छ। यो ८+ २५६ जीबीमा मात्र उपलब्ध छ र यसको मूल्य १ लाख ३९ हजार ९९९ तोकिएको छ।

ग्यालेक्सी जेड फोल्ड ५

वाइड स्क्रिन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो र हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लान सजिलो छ। यसले ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पफर्मेन्स प्रदान गर्दछ।

ग्यालेक्सी जेड फोल्ड ५ कालो र निलो गरी २ आकर्षक रङ तथा १२ जीबी मेमोरीसहित २५६ जिबि र ५१२ जिबि स्टोरेजमा उपलब्ध छ । ग्यालेक्सी जेड फोल्ड ५ १२ं – २५६ जीबीको मूल्य रु. २ लाख २६ हजार ९९९ र ग्यालेक्सी जेड फोल्ड ५ १२ं – ५१२ जीबीको मूल्य रु.२ लाख ३९ हजार ९९९ छ।

यी मोडलको प्रि-अर्डर २०८० साउन २२ गतेदेखि नै शुरु भैसकेको छ। यसका साथै हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमा ग्राहकले २५ हजारसम्मका आकर्षक उपहारहरु पनि रोज्न सक्छन् ।

यसका साथै ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शुन्य प्रतिशत ब्याजमा प्रतिमहिना ७ हजारसम्मको न्यूनतम ईएमआई तिरेर यो फोन किन्न सक्नेछन् । यसैगरी आफ्नो फोन अपग्रेड गर्न चाहना हुने ग्राहकहरुका लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ।

प्रतिक्रिया