मंगलबार, असार १०, २०८२

महिनौँ संसद् अवरुद्धले व्यवस्थाप्रति वितृष्णा पैदा हुन्छ : लेखक

नेपालखोज २०८० साउन ३१ गते २२:४५

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महिनामैसम्म संसद् चल्न नदिँदा व्यवस्थाप्रति वितृष्णा पैदा हुनसक्नेतर्फ प्रमुख प्रतिपक्षी दललाई सचेत गराएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को प्रथम प्रदेशस्तरीय सम्मेलनमा प्रमुख सचेतक लेखकले प्रतिपक्षी दल नेकपा (एमाले)लाई जिम्मेवार भएर मुलुकलाई निकास दिन आग्रह गरे ।

सदनमा हुँदा विघटन गर्ने र प्रतिपक्षमा हुँदा अवरोध गर्ने एमालेको कुरा राम्रो नभएको लेखकको भनाइ छ । त्यसैगरी उनले मुलुक एउटा विशिष्ट राजनीतिक अवस्थामा मुलुक रहेको बताए ।

‘एकलौटी बहुमत कुनै पार्टीसँग नहुँदा दुई या दुईभन्दा पार्टी मिलेर सरकार बनाउनुपर्ने स्थिति छ’, उनले भने, ‘कांग्रेसको सार्थक नेतृत्वमा सरकार बनाएका छौँ ।’ उनले अहिलेको गठबन्धन स्थायित्व दिने जिम्मा पनि नेपाली कांग्रेसलाई रहेको बताए ।

प्रतिक्रिया