खुशीको आँसु राम्रो कि नराम्रो ?

काठमाडाैं । अक्सर मानिसहरू सोच्छन् जो कोहि दुखी वा हर्ट हुँदा अथवा रिस उठ्दा मात्र रुन्छन् । त्यसैले रुनु वा आँसुलाई नकारात्मक भावना सँग जोडिएको छ । जब मानिसहरू रुन्छन्, अगाडिको व्यक्ति संवेदनशील हुन्छ वा सहानुभूति दिन्छ किनभने उसलाई लाग्छ रुने व्यक्ति धेरै दुखी वा विचलित हुनुपर्छ ।
कहिले काहिँ यस्तो पनि हुन्छ – मानिस खुसीले पनि रुन थाल्छ । यसलाई ‘खुशीको आँसु’ भनिन्छ । तर प्रश्न के छ भने जब मानिस खुसी हुन्छ, तब किन रुन्छ ? मुस्कान वा हाँसो खुसी व्यक्त गर्न बनेको हो तर खुसिमा कोहि हास्न छोडेर किन रुन्छ रु किन त्यतिबेला उसको आँखाबाट आँसु बग्न थाले पनि उसको नियन्त्रणमा हुँदैन ?
एक अनुसन्धान अनुसार धेरै मानिसले आफ्नो भावना दबाएर राखेका हुन सक्छन् । उनीहरु मनबाट दुःखी वा विचलित रहन्छन् तर कुनै ठूलो खुशी वा शुभ समाचार सुन्दा मन त्यस्ता समाचार सुन्न तयार हुँदैन । उनीहरूका लागि यो एउटा अचम्मको क्षणका रुपमा आउँछ जसका कारण उनिहरुको मन निकै भावुक हुन्छ र त्यो भावना आँसुका रुपमा बाहिर निस्कन्छ । रुँदा शरीरमा तनाव रिलिज गर्ने हार्मोन शरीर बाहिर निकाल्न मद्दत मिल्छ । आँसुमा धेरै इन्जाइम र प्रोटिन हुन्छन् । जब आँसु झर्छ हामि शारीरिक, मानसिक एवं भावनात्मक रूपमा धेरै हल्का महसुस गर्छौ ।
यो किनभने आँसुले हाम्रो शरीरमा धेरै तनाव सृजना गर्ने हार्मोन सन्तुलन र मुड विनियमित गर्न काम गर्छ । रुवाई धेरै प्रकारका हुन्छन् । रुनुलाई अक्सर मानिसहरु कमजोरी मान्छन् र त्यसैले रुने पुरुषलाई हाम्रो समाजमा कमजोर भन्छ । मानिसहरू के विश्वास गर्छन् भने जब हामी भावनात्मक रूपमा कमजोर हुन्छौ वा भावनाले हामीलाई पूर्ण रूपमा पराजित गर्छ तब हामि रुन थाल्छौं । भावनाहरूको अत्यधिक शक्तिका कारण त्यहाँ हाम्रो आत्म नियन्त्रण बिल्कुलै रहदैन र यसले हाम्रो कमजोरी देखाउँछ ।
कुनै व्यक्ति रुनुको अर्थ उसले सबै आशा गुमाएको छ, उसले आत्मसमर्पण गरेको छ र अब उसले आफ्नो दुख व्यक्त गर्न आँसु बगाउनुको विकल्प छैन भन्ने निकालिन्छ । उसको अवस्थाका बारेमा सोचेर धेरै मानिसहरू उ प्रति संवेदनशील हुन्छन् । उसलाई शक्तिहीन मानेर सहयोग वा सान्त्वना दिन खोज्छन् । तर हनमिले देखेका छौं मानिसहरु रिस वा चिडचिडापनमा पनि रुन थाल्छन् जुन फरक मानसिक अवस्था हो । त्यसैगरी खुसीमा रुनु पनि बेग्लै मुडको कुरा हो ।
कुरा के भने जब कुनै भावना धेरै शक्तिशाली हुन्छ र हामि त्यो भावना द्वारा अभिभूत महसुस गर्छौ तब हामि रुन थाल्छौं ।हामी रोएरै आफ्नो भावनालाई नियन्त्रण गर्छौ ताकि हाम्रो दिमागले त्यो भावनाको तीव्रता सहन सकोस् । खुशीको आँसुले हानि गर्दैन बरु यो धेरै फाइदाजनक हुन्छ। यसले हाम्रो दिमागलाई मुक्त गर्ने काम मात्र गर्दैन् यसले हामिलाई आफैंसँग गहिरो रूपमा जोडने मौका पनि दिन्छ ।
यो किन भनिएको हो भने हाम्रो जिन्दगीमा खुसीमा रुने अवसर कमै प्राप्त हुन्छ । त्यसैले यो दुस्खमा रुनु भन्दा धेरै शक्तिशाली भावना हो । जब हामी आफ्नो खुशीलाई गहिराईमा महसुस गर्छौ, तब हामी रुन थाल्छौ। जब हामि रुन्छौ तब हल्का महसुस मात्र गर्दैनौ मानिसहरुसँग गहिरो सम्बन्ध स्थापित गर्न पनि सफल हुन्छौ । मानिसहरू प्रायः कुनै समारोह वा प्रतियोगितामा वा कसैप्रति कृतज्ञता वा प्रशंसा व्यक्त गर्दा रुन्छन् जसले अरूको खुसीमा सहभागी भएर हामि कति खुसी हुन्छौ वा कसैको योगदानबाट कति खुसी हुनसक्छौं भन्ने देखाउँछ ।
मानिसहरु दुखको आँसु भन्दा हाम्रो खुशीको आँसुले बढी प्रभावित हुन्छन् र यसले उनिहरुको मनलाई सुखद अनुभूति पनि दिन्छ। उनीहरुलाई पनि हाम्रो खुसीमा सामेल हुन्छन् । एउटा कुरा के सधैं याद राख्नु पर्छ भने रुनु कमजोरी होईन यो हाम्रो स्वास्थका लागी धेरै फाइदाजनक छ । आँसुले हाम्रो आँखा मात्र सफा गर्दैन यसले हाम्रो मुड पनि सुधार्छ। रोएर हाम्रो दिमाग यति हलुका हुन्छ कि हामीलाई राम्रो निन्द्रा पनि लाग्छ । यदि हामी कहिल्यै रोएनौं भने हामिलाई आँखा सुख्खा हुने वा अन्य समस्या हुन सक्छ । त्यसैले कहिलेकाहीँ रुनुमा कुनै समस्या वा दुख मान्नुपर्ने कारण छैन । हो, यदि त्यो आँसु खुशीको हो भने अझ राम्रो ।

प्रतिक्रिया