वास्तु ज्ञान : घरमा नराखौं बन्द घडी

काठमाडाैं । जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक हुन्छ, सामान्यतया हामी आफ्नो सुविधा अनुसार जहाँसुकै भित्तामा घडी झुन्ड्याउँछौँ । जुन वास्तुशास्त्रको नियम अनुसार उपयुक्त मानिदैन । वास्तु शास्त्रको नियम अनुसार यदि घडीको दिशा ठिक छैन भने त्यहाँ नकारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसले घरमा बस्ने मानिसहरूलाई असर गर्छ र जीवनमा समस्याहरू सृजना हुन्छन् ।
वास्तु अनुसार घडीको दिशा वास्तुशास्त्र अनुसार कोठामा भित्ते घडीका लागि उत्तम दिशा पूर्व, पश्चिम र उत्तर हो । धनको देवता कुबेरले उत्तरमा शासन गरेको मानिन्छ । राजा इन्द्रले पूर्वमा शासन गर्छन् । त्यसैले यो दिशामा घडी राख्नु फलदायी हुन्छ । यसले जीवनमा समृद्धि र विकासका साथै परिवारमा खुसीको वातावरण ल्याउँछ । कोठाको दक्षिण कुनामा भित्ते घडी राख्नु हुँदैन । वास्तु शास्त्रको नियम अनुसार हरेक कोठामा घडी राख्नु हुँदैन, ओछ्यानको नजिक पनि राख्नु हुँदैन । वास्तु शास्त्रको नियम अनुसार पर्खालमा राखिएको घडी गोलो हुनुपर्छ । सुत्ने कोठामा पेन्डुलम भएको भित्ते घडी राख्नु हुँदैन । भित्ते घडी सधैँ चलिरहेको हुनुपर्छ ।
घडी सफा र राम्रो अवस्थामा राख्नुपर्छ । भित्ते घडी फुटेको सिसामा राख्नु हुँदैन । यसैगरी निलो, कालो रंगको घडी अशुभ मानिन्छ । यदि घडीले सही समय देखाउँदैन भने त्यसलाई हटाउनुपर्छ । बन्द घडिले समस्या निम्त्याउँछ यदि सुत्ने कोठामा रोकिएको घडी छ भने त्यसलाई परिवर्तन गर्नुपर्छ किनभने यसले सम्बन्धमा समस्या ल्याउन सक्छ । यसैगरि घरमा पैसाको आलमारी वा सन्दुक नजिक बन्द घडी छ भने त्यससलाई तुरुन्त हटाउनुपर्छ । यस्तो स्थानमा रोकिएको घडी राख्दा आर्थिक समस्याले घेर्न सक्छ ।
विशेष जानकारी : यहाँ दिइएको जानकारी परम्परा , पुराना ग्रन्थ तथा मान्यतामा आधारित छ । कुनै पनि उपाय अपनाउनु अघि, सम्बन्धित क्षेत्रका विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया