पाँच वटा कम्पनीले पाए धितोपत्र दलालको लाईसेन्स

नेपालखोज २०८० भदौ १ गते १५:५५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप पाँच वटा कम्पनीलाई ब्रोकर लाईसेन्स दिएको छ ।

बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार बोर्डको बिहिबार बसेको सञ्चालक समितिको बैठकले थप पाँच वटा कम्पनीलाई नयाँ ब्रोकर कम्पनीको लाईसेन्स दिईएको हो ।

लाईसेन्स पाउने कम्पनीहरुमा सजिलो ब्रोकर लिमिटेड, रोडसो सेक्युरिटिज लिमिटेड, बेनी सेक्युरिजिटज प्राली, हिमालयन सेक्युरिटिज लिमिटेड र सनी सेक्युरिटिज लिमिडेड रहेका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार अनुमती पाएकाहरु मध्ये सजिलो, रोडसो र बेनीले सिमित कार्य गर्ने धितोपत्र दलाल कम्पनीकोेरुपमा र हिमालयन र सनीले पुर्ण कार्य गर्ने धितोपत्र दलाल कम्पनीकोरुपमा लाईसेन्स पाएका हुन ।

प्रतिक्रिया