शुक्रबार, वैशाख १२, २०८२

धादिङ अस्पतालमा आजदेखि शय्या शुल्क नलाग्ने

नेपालखोज २०८० भदौ १ गते २१:३२

मलेखु । धादिङ अस्पतालले आज (भदौ १ गते) देखि बिरामीलाई निःशुल्क शय्या उपलब्ध गराउन थालेको छ । आइसियु, एनआइसियु र क्याबिनबाहेक जनरल वार्डमा रहेका शय्या बिरामीलाई निःशुल्क उपलब्ध गराएको हो ।

प्रादेशिक अस्पतालको शय्या शुल्क निःशुल्क गराउने बागमती प्रदेश सरकारको निर्णयानुसार शय्या निःशुल्क गराइएको अस्पतालका सूचना अधिकारी राम रिजालले बताए । दैनिक एक सय रूपैयाँ शुल्क लिँदै आएकोमा अबदेखि निःशुल्क गराइएको उनले जानकारी दिए ।

पचास शय्या स्वीकृति रहेको धादिङ अस्पतालले हाल ९० शय्या सञ्चालन गरिरहेको छ । सूचना अधिकारी रिजालका अनुसार अहिले जनरल वार्डमा भएका ७९ वटा शय्या निःशुल्क गरिएको छ ।

दुई चार दिन अघिदेखि भर्ना भएका बिरामीलाई शुल्क लिइए पनि शुक्रबारदेखि भर्ना भएका बिरामीलाई शय्या निःशुल्क गरिएको रिजालको भनाइ छ ।

प्रतिक्रिया