मंगलबार, असार १०, २०८२

समाजवादी मोर्चाको बैठक बस्दै

नेपालखोज २०८० भदौ ३ गते ८:४३

काठमाडौं । समाजवादी मोर्चाको बैठक बस्दै छ । बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने छ ।

गौर हत्याकाण्डको छानबिन गर्ने सम्झौता सरकारले गरेपछि सो गठबन्धनमा आवद्ध मध्ये जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) प्रधानमन्त्री प्रचण्डसँग सशंकित हुँदै आएको छ ।

साथै, सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधबकुमार नेपालमाथि छानबिन गर्ने बाटो खोलिदिएपछि गठबन्धन संकटमा परिरहेको बेला मोर्चाको बैठक बस्न लागेको हो ।

यसअघि तय भएको बैठक विभिन्न कारणले सर्दै आएको थियो ।

प्रतिक्रिया