शुक्रबार, असार ६, २०८२

लोकप्रिय कफी कम्पनी स्टारबक्समाथि २.५ करोड डलर जरिवाना

नेपालखोज २०८० भदौ ३ गते १२:१७

काठमाडौं । विश्वकै लोकप्रिय कफी कम्पनी स्टारबक्सले २ करोड ५० लाख डलरभन्दा बढी जरिवाना लागेको छ। अमेरिकाको न्युजर्सी अदालतले २०१९ मा एक पुरानो मामिलामा पूर्वकर्मचारीलाई कामबाट निकालेको आरोपमा क्षतिपूर्तिस्वरुप सो रकम जरिवाना तोकेको हो।

यसअघि संघीय अदालतले स्टारबक्सको फिलाडेल्फियास्थित कम्पनीकी पूर्व क्षेत्रीय म्यानेजर सेनन फिलिप्सलाई करिब दुई लाख ५६ हजार डलर हर्जाना तिर्न आदेश दिएको थियो।

२०१८ मा कम्पनीले सानन फिलिप्सलाई विवादपछि जागिरबाट बर्खास्त गरेको थियो। त्यसपछि फिलिप्सले आफू गोरो भएका कारण जागिरबाट बर्खास्त गरेको आरोपसहित २०१९ मा मुद्दा दायर गरेका थिए ।

के हो पूरा मामिला ?

यो मामिला २०१८ को हो। नेल्सन र रोबिन्सन नामका दुई अफ्रिकी–अमेरिकी नागरिकलाई क्याफेबाट पक्राउन गरिएको थियो। पक्राउ परेका दुवैले आफूहरु बिजनेस मिटिङका लागि क्याफेमा आएको र तेस्रो व्यक्तिलाई पर्खिरहेको बताएका थिए । यही बीचमा क्याफेको बाथरुम प्रयोग गर्न निषेध गरेपछि यही विषयलाई लिएर विवाद चर्कियो। त्यसपछि कर्मचारीले प्रहरी प्रशासनलाई खबर गरे। प्रहरी आएर दुवैलाई पक्राउ गर्यो।

उनीहरुको पक्राउविरुद्ध पूरै इलाकामा विरोध प्रदर्शन सुरु भयो। प्रदर्शन बढ्दै गएपछि स्टारबक्सले स्टोर बन्द गर्नुपर्यो। यो मामिलाको एक महिनापछि स्टारबक्सको फिलाडेल्फियाका क्षेत्रीय म्यानेजर फिलिप्सलाई उनको १३ वर्षे जागिरबाट बर्खास्त गर्यो। जबकि दुई व्यक्ति पक्राउन पर्दा न उनी त्यहाँ थिए, न त्यसमा कुनै हात नै थियो।

पछि फिलिप्सले कम्पनीविरुद्ध २०१९ मा गलत तरिकाले जागिरबाट निकालेको मुद्दा दर्ता गरे । मुद्दामा फिलिप्सले आफ्नो जाति र रंगभेदका कारण जागिरबाट निकालेको उल्लेख गरेका थिए ।

यसबारे फिलिप्सकी अधिवक्ता लारा सी मेटियासीले अफ्रिकी–अमेरिकी नागरिकको गिरफ्तारीपछि कम्पनीले आफ्नो कारबाही देखाउन उनको क्लाइन्टलाई ‘बलिको बोको’ बनाएको थियो। –INS

प्रतिक्रिया