कालिगण्डकी नदीमा पानीको बहाव बढ्याे, आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

नेपालखोज २०८० भदौ ३ गते २१:२१

काठमाडौं । मुस्ताङको कालिगण्डकी नदीमा पानीको बहाव बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानीको बहाव बढेसँगै वारागुङ मुक्तिक्षेत्रका वासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(३ को ठाँडो नरसिंह खोला र वारागुङ मुक्तिक्षेत्र-४ को ग्रीन ताङ्वे र ताङ्वे गाउँको ठाँडो खोलाको बाहव अत्यधिक उच्च हुँदा कालिगण्डकी नदीको बहाव बढेको बताइएको छ । नरसिंह खोला र ताङ्वे खोलामा पहिरोसहितको भिषण बाढी आएको बताइएको छ ।

प्रतिक्रिया