फिटनेस : पातलो हुनु मोटोपनभन्दा खतरनाक

काठमाडाैं । मोटोपन एउटा गम्भीर स्वास्थ्य समस्या हो जुन मानिसमा तीव्र गतिमा बढिरहेको छ । मोटोपनका कारण मुटु रोग, मधुमेह, फ्याटी कलेजो जस्ता समस्याले मानिसलाई गाँजिरहेको छ । यी सबै समस्याले शरीरलाई खोक्रो बनाउँछ र त्यसपछि जीवनभर औषधिको सहारा लिनुपर्छ ।
पातलो हुनु पनि हानिकारक
यी सबै कुरा पछि तपाई सोच्दै हुनुहुन्छ होला साँच्चै एकदम स्लिम नै हुनुपर्ने रहेछ । यद्यपि यो कुरा पनि गलत हो किनभने अत्यधिक तौल घटाउनु पनि खतरनाक साबित हुन सक्छ । यो अवस्थाका कारण खतरनाक रोग पनि लाग्न सक्छ । त्यसोभए प्रश्न के उठछ भने कति मोटो हुनुपर्छ रु बडी मास इन्डेक्समा (जसलाई बीएमआई पनि भनिन्छ) शरीरको लम्बाइ र तौलको अनुपात निकालिन्छ । रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार एक स्वस्थ द्यःक्ष् ज्ञड।छ र द्दद्ध।ढ बीचको हुन्छ। यसभन्दा कम तौल भएकालाई कम तौल भनिन्छ।
कुपोषणको डर
अत्याधिक पातलो हुँदा शरीरमा पौष्टिक तत्वको कमी हुन्छ । यस्तो अवस्थालाई कुपोषण भनिन्छ। यसमा कमजोरी, थकान, तालु हुने , छाला सुख्खा हुने, दाँत हल्लिने जस्ता लक्षण देख्न सकिन्छ ।
कमजोर प्रतिरक्षा प्रणाली
कम तौलले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ भन्ने धेरै अनुसन्धानमा देखिएको छ । यसका कारण मौसम परिवर्तन वा भाइरस , ब्याक्टेरियाहरु बाट सजिलै आक्रमण हुन सक्छ ।
हड्डी पातलो हुन्छ
पोषणको कमीले भिटामिन डी र क्याल्सियमको कमी पनि निम्त्याउन सक्छ। जसले ओस्टियोपोरोसिस रोग लाग्न सक्छ । यसमा हड्डीको मोटोपन घट्छ र भाँचिने खतरा बढ्छ ।
बाँझोपन र उचाइ
कम तौलमा हार्मोन असन्तुलित हुन सक्छ, जसले बाँझोपन बढाउन सक्छ। यसैगरि यसले बालबालिकाहरूको वृद्धि रोक्न सक्छ र उचाइ कम रहन्छ ।
तौल बढाउन हामिले खानामा अण्डा, केरा, फलफूल, तरकारी आदि समावेश गर्नुका साथै केही ब्यायामलाई निरन्तरता दिनुपर्छ ।
विशेष सावधानी : यो लेख सामान्य जानकारीका लागि मात्र हो । यो कुनै पनि तरिकाले कुनै पनि औषधि वा उपचारको विकल्प हुन सक्दैन। कुनै पनि उपाय अपनाउनु अघि सधैं आफ्नो डाक्टर वा अन्य विज्ञहरुसँग परामर्श गर्नुपर्छ ।
प्रतिक्रिया