विदेशी मुद्राको आजकाे भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३३ रुपैयाँ २७ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७५ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ १७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ३८ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ५४ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया