प्रदेशस्तरमा घोषणासभाको आयोजना गर्ने समाजवादी मोर्चाकाे निर्णय
नेपालखोज
२०८० भदौ ४ गते १०:२५

काठमाडाैं । समाजवादी मोर्चाले प्रदेशस्तरमा घोषणासभाको आयोजना गर्ने निर्णय गरेकाे छ । चारदलीय समाजवादी मोर्चाकाे सोमबार बसेकाे बैठकले यही भदौ ८ गतेदेखि प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरेकाे हाे ।
बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाका बारेमा छलफल जनाइएकाे छ । घोषणासभामा प्रदेशका लागि समाजवादी मोर्चाको संयोजक तोक्ने निर्णय पनि भएकाे छ
मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेकपा आवद्ध छन् ।
सम्बन्धित
प्रतिक्रिया