शनिबार, वैशाख २२, २०८१

भक्तपुर सुधार गृहबाट सयभन्दा बढी बालबालिका फरार

नेपालखोज २०८० भदौ ४ गते १६:२९

भक्तपुर । भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट एक सय ५० जनाभन्दा बढी बालबालिका फरार भएका छन् । विभिन्न कसुरमा मुछिएका उनीहरू सोमबार दिउँसो सुधार गृहको ढोका फुटाएर भागेका हुन् ।

फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (एसपी) वसन्त पाठकले जानकारी दिए ।

आइतबार उक्त सुधार गृहमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोडसमेत गरेका भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार त्यसबेला भित्र रहेका अधिकांश बालबालिकाले प्रदर्शनकारीलाई नै साथ दिएर हातमा लाठी लिएर प्रदर्शनमा सामेल भएका थिए ।

सुधार गृहमा करिब तीन सयजना रहेकोमा अहिले ३२ जना किशोरी र केही बालकमात्रै बाँकी रहेको प्रजिअ रिजालले जानकारी दिए । उनका अनुसार फरार रहेकामध्ये केहीलाई भने नियन्त्रणमा लिइएको छ । अहिले त्यहाँ प्रहरीको बाक्लो उपस्थिति छ ।

प्रतिक्रिया