शनिबार, जेठ ३२, २०८२

‘सुधार गृहबाट २२१ भागेका थिए, २७ सम्पर्कमा आउन बाँकी छ’

नेपालखोज २०८० भदौ ४ गते १८:४८

काठमाडौं । जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रजित केसीले सानोठिमीस्थित सुधार गृहबाट भागेकामध्ये १९४ जना नियन्त्रणमा आइसकेको बताएका छन् ।

थप २७ जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक (एसपी) केसीले बताए । ‘उनीहरुको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरी परिचालित छ’, उनले भने ।

सोमबार दिउँसो सुधार गृहको पछाडि पट्टीको ढोका फोडेर कैदीबन्दी फरार भएका थिए । आइतबारदेखि सिर्जित तनावका बीच कैदीबन्दीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई समेत आक्रमण गर्दै भागेको एसपी केसीले बताए ।

उनका अनुसार, त्यसक्रममा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । भित्रका केही कैदीबन्दी पनि घाइते रहेको उनले बताए ।

प्रतिक्रिया