शनिबार, जेठ ३२, २०८२

यी प्रदेशमा छ आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना 

नेपालखोज २०८० भदौ ५ गते ६:१९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित भारी वर्षा र एक(दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर सामान्य बदली रहनेछ भने कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया