बिहीबार, जेठ ३, २०८१

नेप्से १९ सय ६१ अंकमा सीमित : सातामा छ अर्ब ६४ करोडको सेयर कारोबार

नेपालखोज २०७९ मंसिर १६ गते ११:०१

काठमाडाैं । यो साता नेप्से १९ं सय ६१ दशमलव शुन्य छ अंकमा पुगेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८३ दशमलव ६६ अंकमा पुगेको छ । सातामा दुई सय ४१ वटा कम्पनीहरुको एक लाख १० हजार नौं सय ५७ पटकको कारोबारमा एक करोड ६७ लाख ९६ हजार नौं सय ६९ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार यो साता कुल कारोबार रकम छ अर्ब ६४ करोड २६ लाख ११ हजार ७२ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा बढी हो । गत साता भने नेप्सेमा दुई सय ३२ वटा कम्पनीहरुको ६० हजार छ सय १४ पटकको कारोबारमा ९१ लाख ७२ हजार चार सय ३८ कित्ता सेयर किनबेच भएको थियो । जसबाट उक्त साता कुल कारोबार रकम तीन अर्ब ३० करोड तीन लाख ५३ हजार पाँच सय ११ रुपैंयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा दोस्रो र चौंथो दिन नेप्से घटेको थियो भने बाँकी दिनहरुमा बढेको थियो ।

जसध्ये पहिलो कारोबार दिन ३२ दशमलव ४३ अंकले बढेर १९ सय ६५ दशमलव ९८ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम कारोबार दिन ११ दशमलव २२ अंकले बढेर १९ सय ६१ दशमलव छ अंकमा चढ्न सफल भएको थियो । यसबाहेकका बाँकी दिनहरुमा भने चौंथो दिन नेप्से घटेको थियो भने बाँकी दिनहरुमा नेप्से बढेको थियो । यसैगरी पहिलो दिन पाँच दशमलव ३४ अंकले बढेर तीन सय ८६ दशमलव २६ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स अन्तिम दिन पनि एक दशमलव ८२ अंकले बढेर तीन सय ८३ दशमलव ६६ अंकमा पुग्न सफल भएको थियो ।

यसबाहेकका बाँकी दिनहरुमा चौंथो दिन सेन्सिटिभ इन्डेक्स घटेपनि बाँकी दिनहरुमा भने लगातार बढेको थियो । यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा हिमालयन डिष्ट्रिलरी प्राली, नविल बैंक, शिवम सिमेन्ट आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम सिमेन्ट, नबिल बैंक, नेपाल टेलिकम आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।

प्रतिक्रिया