बिहीबार, वैशाख २०, २०८१

फिटनेस : अल्छीलाई पनि सक्रिय बनाउँने योगासन

नेपालखोज २०८० भदौ ५ गते ७:३७

काठमाडाैं । तनाव र दौडका कारण मानिसमा थकान बढ्दै गएको छ । यसबाट धेरै मानिसहरू सधैं सुस्त र अल्छी महसुस गर्छन्। यद्यपि योग अभ्यास गर्नाले शरीरमा उर्जा बढ्न थाल्छ । यसका लागि ताडासन निकै फाइदाजनक साबित हुन सक्छ । ताडासन योगको सर्वश्रेष्ठ आसन हो, जसलाई धेरै आसनहरूको आधार भनिन्छ । यसले शरीरको मुद्रा सुधार गर्छ र स्वास माथिको नियन्त्रण बढाउँछ । यसका अतिरिक्त यसले मूडमा समेत सकारात्मक प्रभाव पार्छ ।

ताड़ासन

• दुवै खुट्टा सँगै जोडे उभिने ।

• अब सास फेर्दै दुवै हातलाई काँधसम्म अगाडि तिर उठाउने ।

• त्यसपछि दुवै हातका औंलालाई कैँची जस्तै बेरेर हत्केलालाई बाहिर घमाउने वा निकाल्ने ।

• यसपछि बिस्तारै हातहरू टाउको माथि सार्ने ।

• अब हातलाई पूर्णतया आकाशतिर धकेल्नुपर्छ र मेरुदण्ड तन्किएको महसुस गर्नुपर्छ ।

• घुँडा र कम्मर टाईट गर्ने ।

• ४५ सेकेन्डदेखि १ मिनेटसम्म यहि स्थितिमा रहने ।

यसका धेरै फाइदाहरू छन् :

• पोस्चर सुधार्छ

• साइटिकाको दुखाइबाट राहत प्रदान गर्दछ

• ऊर्जावान बनाउँछ

• रक्तसञ्चार बढाउँछ

• कोर मांसपेशिहरु टोन्ड हुन्छन्

• कम्मर, हिप र खुट्टा बलियो बनाउँछ

• तौल नियन्त्रण रहन्छ

• तनाव हट्छ । ताडासनले धेरै रोग निको हुन्छ जसमा दम, सीओपीडी, एन्किलोजिङ स्पन्डिलाइटिस तथा पार्किन्सन्स पनि पर्छन् । यस्ता रोगका बिरामीले नियमित ताडास गर्नुपर्छ ।

विशेष सावधानी : यो लेख सामान्य जानकारीका लागि मात्र हो । यो कुनै पनि तरिकाले कुनै पनि औषधि वा उपचारको विकल्प हुन सक्दैन। कुनै पनि उपाय अपनाउनु अघि सधैं आफ्नो डाक्टर वा अन्य बिज्ञहरुसँग परामर्श गर्नुपर्छ ।

प्रतिक्रिया