अफगानिस्तानले विश्वविद्यालयमा महिला विद्यार्थीहरूका लागि शिक्षा योजना बनाइरहेको छ : मन्त्रालय
नेपालखोज
२०८० भदौ ५ गते ७:५२

अफगानिस्तान । अफगानिस्तानको उच्च शिक्षा मन्त्रालयले महिला विद्यार्थीहरूका लागि विश्वविद्यालयहरू पुनः खोल्ने योजनामा काम गरिरहेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।
मन्त्रालयको समितिले मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा सो बारे जानकारी दिएको स्थानीय टोलो न्युज टिभीले उल्लेख गरेको छ ।
सञ्चारमाध्यमले उच्च शिक्षाका कार्यवाहक उपमन्त्री लुत्फुल्लाह खैरख्वालाई उद्धृत गर्दै योजनाको अन्तिम समय अझै स्पष्ट नभएको बताएको छ ।
अफगानिस्तानका विश्वविद्यालयहरूमा अहिलेसम्म महिलाहरूलाई प्रतिबन्ध लगाइएको छ। उच्च शिक्षा मन्त्रालयले डिसेम्बर २०२२ मा महिला शिक्षामा प्रतिबन्धको घोषणा गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया