बिहीबार, जेठ ३, २०८१

बाइडेन र नेतान्याहुबीच गाजामा सहायताका लागि क्रसिङ खोल्ने इजराइली योजनाबारे छलफल

नेपालखोज २०८१ वैशाख १७ गते १५:३७

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुबीच उत्तरी गाजा क्षेत्रमा मानवीय सहायतामा वृद्धि गर्ने उद्देश्यले थप क्रसिङ खोल्ने इजराइली अभिप्रायबारे टेलिफोन वार्ता भएको छ ।

सहायताका लागि उत्तरी गाजामा प्रवेश गर्न अनुमति दिन कर्नी र इरेज क्रसिङहरू इजरायलले गेट ९६ सँगसँगै पूर्णरूपमा खोल्ने तयारी गरेको छ । सम्भावित अनिकाल र डरका बीच गाजामा सहायताको निरन्तर आगमन सुनिश्चित गर्न थप क्रसिङ खोल्न आवश्यक छ । इजरायलले रफाहमा महत्त्वपूर्ण आक्रमणका साथ अगाडि बढेमा यसले विद्यमान मानवीय केन्द्रलाई गाजाको बाँकी भागबाट अलग गर्न सक्ने द टाइम्स अफ इजराइलले रिपोर्ट गरेको छ ।

ह्वाइट हाउसको विज्ञप्तिमा दुई नेताले रफाहमा सम्भावित इजराइली आक्रमण बारेमा छलफल हुँदा बाइडेनले आफ्नो स्पष्ट स्थिति दोहोरÞ्याउनुभएको जनाइएको छ ।

अमेरिकाले गाजाको दक्षिणी सहर रफाहमा शरण खोज्ने १० लाखभन्दा बढी प्यालेस्टिनीको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न असफल हुने कुनै पनि अपरेसनलाई समर्थन गर्न नसक्ने स्पष्ट पारेको छ । यसबाहेक टाइम्स अफ इजराइलका अनुसार अमेरिकी अधिकारीहरूले कुनै अपवादबिना रफाहमा भएको महत्त्वपूर्ण अपरेशनको निरन्तर विरोध गरेका छन् ।

बाइडेनले फोनवार्तामा गाजाको सहायतामा सुधारहरूको सम्बन्धमा मानवीय संस्थाहरूसँगको पूर्ण समन्वयमा यो प्रगति कायम राख्न र बढाउन आवश्यक रहेको कुरामा जोड दिए।

द्वन्द्वको समयमा मानवीय कामदारहरूको सुरक्षाको मुद्दा एक विवादास्पद मुद्दा भएको छ । इजराइली हवाई आक्रमणको परिणामस्वरूप वर्ल्ड सेन्ट्रल किचनका सात कामदारको मृत्यु भयो । त्यसै बेलादेखि इजराइलले द्वन्द्व निवारणका लागि आफ्ना केही संयन्त्रहरू बढाएको छ । फोनवार्तामा बाइडेनले गाजा सहायता वितरणका सुधारहरू स्वीकार गर्दै अमेरिकाले यस सन्दर्भमा तेल अभिवले आफ्नो प्रयासहरू अझ बढाउनुपर्ने स्थिति कायम राखेको द टाइम्स अफ इजराइलले रिपोर्ट गरेको छ ।

प्रतिक्रिया