आइतबार, जेठ ६, २०८१

संसारकै सबैभन्दा वृद्ध महिला

नेपालखोज २०८० भदौ ५ गते १३:५७

काठमाडाैं । गिनिज बुक अफ वल्र्ड रेकर्ड अनुसार मारिया ब्रान्यास मोइरा विश्वकै सबैभन्दा वृद्ध व्यक्ति हुन् । ८ वर्षको उमेरमा उनी आफ्नो सम्पूर्ण परिवारसँग स्पेन बसाइँसराइ गरि आएकि थिइन् ।

मारिया ब्रान्यास मोइराको जन्म ४ मार्च १९०७ मा सान फ्रान्सिस्कोमा भएको थियो । उनका तीन सन्तान छन् जसमध्ये एक जनाको मृत्यु भैसकेको छ ।

मारियाका ११ जना नातिनातिना तथा ११ जना पनाति- पनातिनी छन् । सन् २०१९ मा मारियालाई पनि कोरोना रोग लागेको थियो र उनी यसको उपचारका लागि अस्पताल समेत गइनन् ।

प्रतिक्रिया