नेपालको विजयी सुरुवात

नेपालखोज २०८० भदौ ५ गते १४:४६

काठमाडौं । सीता रानामगरको सानदार बलिङ प्रदर्शनको सहयोगमा नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजमा हङकङलाई ६ विकेटले पराजित गर्दै मलेसिया भ्रमणमा विजयी सुरुवात गरेको छ ।

नेपालले आगमी सोमबार थाईल्यान्डसँग पनि अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ ।

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

नेपालको टोली :

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।

प्रतिक्रिया