‘लोकतन्त्रमा जनताले उमेद्वारसँग आँखामा आँखा मिलाएर कुरा गर्न पाउनुपर्छ’
महेशविक्रम शाह लेख्छन्- जनताको प्रतिनिधि बन्न चाहने व्यक्तिका आँखाले आफूलाई मत दिने नागरिकका आँखासंग भावनाले कुरा गर्नुपर्छ । साउँती गर्नुपर्छ । कालो चस्मा धारण गरेर तिमी जनताको मनभित्र पस्न सक्दैनौं वालेन शाह ! जनताको नेता बन्नु छ भने पहिला तिम्रा आँखाका भावहरूलाई छोप्ने तिम्रो कालो चस्मा खोल ।
शाहको पोस्टमा आएका केही प्रतिक्रिया :
बहस उसले अगाडि सारेका योजना र कार्यान्वयन हुन सक्ने वा नसक्ने आधारमा हुनुपर्छ । चस्मा लायो लाएन, चप्पल लगायो की जुत्ता लगायो भनेर बहस त विचारविहीनले गर्ने हो । तपाईंको प्रतिक्रिया तपाईंको ठाउँमा ठीक होला तर सहमत हुन सकिएन ।
गणेश विष्णु
मैले चस्मामा गल्ति देखिन है । कालो चस्मा लगाउदैमा सोच नै कालो हुदैन नि , कि कसो?
मेरो कलिलो दिमागले सायद बालेनलाई कम चिनेको छु । तर पनि यति त भन्छु कि बिद्यासुन्दरले , अर्का स्थापितले बिस्थापितै गरेपनि बालेन जतिको दम भएको तिनिहरु हैनन ।
काठमाडौ बासिले चश्मा नलगाएकैले बालेनलाई हराएछन भने देश ५०औं वर्ष पछि धकेलिन सक्छ । राष्टको प्रेम हजुरहरुलाई जति हामिलाई सायदै छ होला हामी त उहीँ गुजारा चलाउछौ तपाईहरु त पुरै देशलाई शान्त बनाई राख्नु हुन्छ केही गल्ति भए माफ पाउ।
मदन न्यौपाने
…अब यस्तै चस्मा, लुगाको कुरा आउन थालेछ ।
भोला प्र . कोइराला
चस्माले क्यार्नी हो विकाश गरे भैगो त ।
काजी प्रवासी
लोकतन्त्रमा जनताले उमेद्वारसँग आँखामा आँखा मिलाएर कुरा गर्न पाउनुपर्छ । चुनावको बेला पारदर्शी समाजमा अरु बेला सनग्लास लगाउनेहरुले पनि खोल्ने चलन छ । उहाँ कालो र अपारदर्शि चस्मा लगाउनुहुन्छ ।
कुलराज सुवेदी
ठकुरीपन आयो दाइबाट ।
बाबु देवकोटा
हिजो आफू राष्ट्रसेवक हुँदा यिनले कहिल्यै कालो चश्मा लगाएर जनताको सेवामा खटिएनन् होला है !! अचम्मै छ बा !!!
ऐश्वर्य गाँउले
खोट कालो चस्मामा होइन आफ्नो नियतमा छ ।
चन्द्रप्रकाश देवकोटा
लेभल अनुसार अलि सुहाएन कि यी शब्द , कुनै कालो कुराले उस्को भिजन , मिसनमा अप्ठ्यारो पर्छ र ?
अनुज अशोक ठगुन्ना
चश्माले छोपिएको आँखाजस्तै रहस्य छ यिनको भनाइमा पनि , कुराजस्तो काम होला नहोला ।
शम्भु सुस्केरा
खाने मुखलाइ जुँगाले छेक्दैन
दृढ अन्तर दृष्टिलाइ चस्माले छेक्दैन
महोदय !भोट फर,,,,,!!!
रोशनी राई
चश्माले विकाशमा बाधा गर्दैनँ । कालो चश्मासँग पुरानो पहिचान जोडिएको छ र अनि आँखाको सुरक्षा पनि , पैला जिताउने कुरा गरौँ न हौ अनि हामीसबैले यतिञ्जेल मुठ्ठी बाँधेर बसेका हात खोलेर सहकार्य गरौँला । चश्माले कतै केहिमा रोकेको छ र????
हऋ गौतम
छापामार शैलीको कुतर्क ।
शंकर डाँगी
यस्ता बेतुकको कुराले बालेनलाइ सपोर्ट मिल्छ है, आफ्नो उम्मेद्वारको राम्रो कुरा पोस्ट गर्नोस ।
चित्राङगद तिमिल्सिना
घटिया सोच ।
प्रेम सन्यासी
कोइ चस्मामै अड्किराछन फेरि , मान्छ्या दु:ख ।
राजेन्द्र पुरुष आचार्य
नयाँ फ्रेस फेसहरुलाई प्रोत्साहन गर्न सकिन्न भने दुरुत्साहन पनि नगर्नु नि !
दीपकज्योति बस्नेत
कस्तो कु-तर्क हौ यो ? अन्त बिरोधको ठाउँ नभएर पोसाकमा समेत कठै ।
शिशिर थङगम्बा लिम्बू
उहिलै बिपीले त्यसै त चस्मा दोषी देखेका होइनन ।
सुदर्शन पाण्डे
वीरेन्द्रलाई पनि भन्नुभयो होला है चश्मा खोलिबक्सियोस् सरकार भनेर ।
जनक कार्की
आँखा जुँधाएर प्रेम गर्ने युवती अगाडी छिन र?
काजी प्रवाशी
हावा तर्क दिएर समय बर्वादि बाहेक केही उपलब्धि नहोला…।
जेम्स जोशी
तिमि जस्ता लाइ पनि हामिले साहित्यकार मानिदिनु पर्ने । यस्तो तुच्छ बिचार काँ बाट आयो होला ?
युवराज आहुति
यो कुनै आख्यान हुन्थ्यो भने त मिठै लाइनहरु छन तर यथार्थमा चाहिँ मेल खादैन। चस्मा नलगाउने केशव स्थापित भन्दा कालो चश्माधारी बालेन सय गुणा असल छन।
नवीन परियार
र तपाईंको कभर फोटो पनि हेरेँ।
रोशन नेपाल
दोषी चस्मा
दोषी नजर ।
परिवर्तित सन्तोष जोशी
जनताले चाहिँ अब दिमागको कालो चस्मा फुकालेर हेर्नु पर्छ होला सर ।
कृष्ण पौडेल
महेश बिक्रम शाह मदन पुरस्कार थाप्ने स्तरीय साहित्यकार भनेर चिन्छु म । फितला कुरा भन्दा गहकिला विचारको सधैं अपेक्षा रहन्छ । आगे आपकी मर्जी -एउटा पाठक ।
विष्णु पादुका
सचेत नागरिकको नजरमा बालेन काठमाण्डौका महानगरका प्रमुख हुनुपर्ने व्यक्ति हुन् । स्थानीय तहको चुनावमा उमेदवारको क्षमता र सोच महत्वपुर्ण हुन्छ नकि उसले पहिरन( चस्मा) ।
सुमन ढकाल
धेरै पल्ट प्रधानमन्त्री / मन्त्री / साँसद / मेयर / अध्यक्ष भएकाहरुले कति कति मुल्यको जुत्ता / घडी / कोट लगाउँछन् भन्ने छर्लङ्ग छ दाइ । जाबो चस्मामा के बहस गर्नु ? खाने मुखलाई जुंगाले छेक्दैन हेर्ने आँखालाई चस्माले रोक्दैन ।
शिव पलाँश
धन्न तपाईंलाई प्रहरीको बर्दी लाएर लेखक बन्न सक्दैनौं भनेर यही तर्क पेश गरेनछ कसैले ।
सन्तोष
साँच्चै , मलाई पनि कालो चस्मा लाउने ब्यक्ति मन/ व्यबहारले नि कालै हुन्छ जस्तो लाग्छ , कोहि मन पर्दैन ।
गायत्री खतिवडा
आँखा नहुनेहरुले (दृष्टिविहिन) भावना सङ्ग कुरै गर्न सक्दैनन् भन्ने तर्क भयो। चश्मा आँखाको कारणले पनि लगाउनुपर्ने बाध्यता हुन सक्छ। सोच बदल्नुस् दुनिया बदलिन्छ नकि पहिरन।
दुःख लाग्छ यस्ता अप्रिय कुराहरुमा वहकिएको देख्दा।
कमलजंग शाह ठकुरी
यस्तो पुर्वाग्रही सोच राख्ने एक पुर्व प्रहरी, तपाईं सङ्घठनमा हुँदा सङ्घठन कसरी चल्थ्यो होला, सजिलै अनुमान लगाउन सकिन्छ! आज देखि तपाईंको कुनै पनि रचना,लेख नपढ्ने निर्णयका साथ तपाईंलाई अनफलो गर्ने निर्णय गरियो, धन्यवाद !
हृदय रेग्मी
अचानक मलाई आदरणीय कवि विमल निभाको यौटा पंक्ति याद आयो,
पुलिसले कविता सुन्यो !
गोविन्द नेपाल
आँखाले हैन सकारात्मक दृष्टिले हेरौ!! वालेन एउटा सकारात्मक सोच लिएर अगाडि वढेका छन ।
लवविक्रम शाह
तपाईंको सोचाइ पनि गज्जब रहेछ के…. मान्छेको आँखाको चश्मा हेर्ने होइन मन हेर्नुस चरित्र हेर्नुस् र बिबेक हेर्नुस् अनि क्षमता हेर्नुस् ।
एसपी बराकोटी
कस्तो बिचित्र दर्शन हो तपाइको मानिस को स्वतन्त्रता हो लाइ नलाइ भन्न फौजि बटालियन हो र?
नवराज पन्त
सरको ज्ञानको दायरा अलि फ़राकिलो पार्नुपर्यो।
लेखनाथ ओझा
आत्माको चश्मा निश्छल छ भने स्थुल नेत्रहिन ,चश्माहिन भए पनि हुन्छ ।
एनबी शाह
हजुरजत्तिको मान्छेले परिवर्तन नचाहानु दु:खद ,चस्माले काम गर्न रोक्ने हो र भन्या अचम्म ।
कमलराज थापा
कुरो सरल छैन, विम्ब/ प्रतिकको प्रयोग भएको छ । जसले जसरी बुझे, त्यसरी नै कमेन्ट गरे ।
भाव के हो भने जनप्रतिनिधि बन्न चाहने जो भए पनि उसले जनताको आँखामा गहिरिएर हेर्नुपर्छ अनि जनभावना बुझिन्छ र सफल जनप्रतिनिधि हुन सजिलो हुन्छ । नत्र जो आए पनि आज वाहवाही, भोली गाली ।
लालिजंग भण्डारी
प्रतिक्रिया