शनिबार, वैशाख १५, २०८१

कार किन्नेहरूबीच सुरक्षा पहिलो प्राथमिकता

नेपालखोज २०८० भदौ ५ गते १७:१९

काठमाडाैं । कार किन्नेहरूबीच अहिले सवारीसाधन खरिद गर्ने शैली परिवर्तन भएको छ । माइलेज अब मानिसहरूको पहिलो प्राथमिकतामा छैन । अहिले सुरक्षा पहिलो प्राथमिकतामा परेको छ । यो जानकारी एक सर्वेक्षणबाट प्राप्त भएको हो । स्कोडा अटो इन्डिया तथा एनआईक्यू बेस्सले गरेको अध्ययन अनुसार कार किन्दा इन्धन क्षमता मापन तेस्रो स्थानमा पुगेको छ । अध्ययनले कारमा सुरक्षा सुविधा उपभोक्ताको बलियो प्राथमिकता रहेको बताएको छ । १० मध्ये ९ ग्राहकले सबै कारको सुरक्षा मूल्याङ्कन हुनुपर्छ भन्ने धारणा ब्यक्त गरे ।

सर्वेक्षणमा सहभागीहरूले गाडी किन्ने निर्णय सुरक्षा रेटिङ र गाडीमा एयर ब्यागको सङ्ख्यामा भर पर्ने बताए । अध्ययन अनुसार कार किन्दा ग्राहकको निर्णय सबैभन्दा बढी कार क्र्यास रेटिङमा निर्भर हुन्छ । सर्वेक्षणमा २२.३ प्रतिशत ग्राहकले यसलाई रुचाए भने २१.६ प्रतिशतले एयरब्यागको संख्यालाई प्राथमिकता दिए।

कारको क्र्यास रेटिङको कुरामा २२.२ प्रतिशत ग्राहकले ५-तारे मूल्याङ्कन रुचाएका छन् भने २१.३ प्रतिशत ग्राहकले ४-तारे मूल्याङ्कन रोजेका छन्। सर्वेक्षण अनुसार शून्य क्र्यास रेटिङ सबैभन्दा कम ६.८ प्रतिशत ग्राहकले रोजेका थिए । प्रतिवेदन अनुसार सवारी साधन खरिद गर्दा १५ प्रतिशत ग्राहकले माइलेज तेस्रो महत्वपूर्ण कारक रहेको बताएका थिए ।

उत्तरदातामध्ये लगभग ६७ प्रतिशत पहिले देखि कै कार मालिक हुन् जो सँग २५ लाखभन्दा बढी मूल्यका कार छन् । उत्तरदातामध्ये करिब ३३ प्रतिशतसँग कार छैन तर उनिहरु एक वर्षभित्र कार किन्न चाहन्छन् ।

सर्वेक्षणले उपभोक्ता छनोटलाई प्रभाव पार्ने विशेषताहरू पनि ट्र्याक गर्‍यो । जस अनुसार सुरक्षा सूचीको शीर्षमा थियो। सुरक्षा मूल्याङ्कनमा मानिसहरुको जागरूकता ७६ प्रतिशत थियो भने ३० प्रतिशत ग्राहक बालबालिका तथा पछाडिको सिटको सुरक्षामा समेत सचेत थिए।

प्रतिक्रिया