नेपालखोजमा दिनभरकाे खबर सारांश !

नेपालखोज २०८० भदौ ५ गते २२:१०

मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले आज थप १० जनालाई पक्राउ ।

विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारिएकी शिशु किनबेचमा संलग्न रहेको आरोपमा चिकित्सकसहित ६ जना पक्राउ ।

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा आएको बाढीले पुर्‍याएको क्षतिको विवरण १० दिनपछि आज सार्वजनिक, एक अर्बको क्षति ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदबहाल गरेलगत्तै स्वचालित प्रणालीबाट पेशी तथा तारिख व्यवस्थापन गर्ने निर्णय ।

सन्दीप बिरामी, नेपाली टोलीसँग नजाने !

एक अर्ब ३३ करोड रुपैंयाँको सेयर किनबेच

प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित ।

प्रतिक्रिया