शनिबार, जेठ ३२, २०८२

यी ५ दान शुभ मानिन्छन् !

नेपालखोज २०८० भदौ ६ गते ५:२९

काठमाडाैं । बालबालिकाको जन्मदिन होस्, कसैको वार्षिकोत्सव होस् वा कसैको जागिरमा बढुवा भएको होस्, मानिसहरू घरमा वा बाहिर कतै ठूला-साना पार्टीहरू आयोजना गर्छन् । यस्तो अवस्थामा बोलाउने मानिस वा घरमा आउने पाहुनाले कुनै न कुनै उपहार ल्याउँछन् र कतै गइयो भने पनि उपहार बोकेर जाने चलन छ ।

माटोको मूर्ति

माटोको मूर्ति वा अन्य कुनै वस्तु ग्रहण गर्नु वा कसैलाई उपहार दिनु अत्यन्त शुभ मानिन्छ। यसले गर्दा रोकिएको पैसा बिस्तारै फिर्ता हुन थाल्छ र आम्दानी बढ्छ ।

चाँदी

वास्तुशास्त्र अनुसार चाँदीबाट बनेको वस्तु उपहार दिनु वा ग्रहण गर्नु अति शुभ मानिन्छ। यसबाट माता लक्ष्मीको कृपा मिल्छ। यसका साथै कहिल्यै धनको कमी पनि हुँदैन ।

जोडि हात्ती

जोडी हात्ती समृद्धि, साहस र बुद्धिको प्रतीक हो। यो परिवारमा धन र सौभाग्य ल्याउने कारक मानिन्छ। त्यसैले हात्तीको जोडी उपहार स्वरुप दिनु वा लिनु निकै शुभ हुन्छ । यदि ती हात्ती चाँदी, पीत्त ल वा काठबाट बनेका भए अझ राम्रो हो । यद्यपि शिशाको हात्ती उपहारका रूपमा दिनुहुँदैन ।

सात घोडाको फोटो

वास्तुशास्त्र अनुसार सात घोडाको तस्बिर उपहार दिनु वा प्राप्त गर्नु अति शुभ मानिन्छ।

श्री यन्त्र : घरका लागि उत्तम वास्तु उपहार मध्ये एक श्री यन्त्र वास्तुमा सबैभन्दा शक्तिशाली यन्त्रहरू मध्ये एक हो। यो एउटा यस्तो उपकरण हो जसको उचित प्रयोग भए घरमा धेरै पैसा आउँछ । यो यन्त्र वरिपरिको सकारात्मक उर्जाको प्रवाहले सबै नकारात्मक प्रभावहरूलाई टाढा राख्छ ।

विशेष जानकारी : यो लेखमा दिइएको जानकारी परम्परा , पुराना ग्रन्थ तथा मान्यतामा आधारित छ । हामी यो पूर्ण रूपमा सत्य र सही छ भन्ने दाबी गर्दैनौं । कुनै पनि उपाय अपनाउनु अघि, सम्बन्धित विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया