शुक्रबार, वैशाख २१, २०८१

फिटनेस : घाँसमा हिड्नुका फाइदा

नेपालखोज २०८० भदौ ६ गते ५:४५

काठमाडाैं । परिवारका सदस्यहरूले बालबालिकाहरुलाई बिहानै पार्कमा घुम्न लाने बानी बसाल्न थालेका छन् । पुरानो जमानामा हामीले आफ्नो घरमा बिहान हरियो घाँसमा खाली खुट्टा हिड्नुपर्ने कुरा धेरै पटक सुनेका छौं तर आजको जमानामा मानिसहरु आफ्नो काममा यति व्यस्त भइसकेका छन् कि उनीहरु आफ्ना लागि समय निकाल्न सक्दैनन् । यद्यपि घाँसमा खाली खुट्टा हिड्नुका फाइदा घटेको छै बरु अझ बढि आवश्यक भएको छ ।

हरेक दिन १५ देखि २० मिनेटसम्म घाँसमा खाली खुट्टा हिँड्दा पनि यसले धेरै समस्या समाधान गर्न सक्छ ।

के हुन्छ जब एका बिहानै घाँसमा हिँडिन्छ ?

– बिहानै घाँसमा खाली खुट्टा हिड्दा आँखाको ज्योति बढ्छ । घाँसमा खाली खुट्टा हिड्दा बूढी औंलामा शरीरको दबाब पर्छ, जुन आँखाका लागि फाइदाजनक हुन्छ।

– घाँसमा हिँडेर कुनै पनि प्रकारको एलर्जीको समस्याबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।

– डिप्रेसनबाट पीडित व्यक्तिहरूले दैनिक कम्तीमा २० देखि ३० मिनेट घाँसमा हिँड्नुपर्छ। यसले उनीहरूलाई राहत दिनेछ।

– बिहान घाँसमा हिँड्दा मधुमेह नियन्त्रणमा सहयोग मिल्छ ।

– बिहान घाँसमा हिँड्दा आराम र तनावमुक्त महसुस गर्न सकिन्छ ।

कति हिडने घाँसमा खाली खुट्टा ?

बिहान कम्तीमा १५ मिनेट घाँसमा हिँड्नुपर्छ । यदि आफुसँग समय छ भने ३० मिनेट पनि हिड्न सकिन्छ । यसले हाम्रो स्वास्थ्यमा राम्रो प्रभाव पार्छ। विज्ञहरूका अनुसार घाँसमा खाली खुट्टा हिँड्दा शरीरमा रक्तसञ्चारमा सुधार हुन्छ, जसले निद्रा पनि लगाउँछ ।

विशेष जानकारी : यी सुचना तथा सुझावहरु सामान्य जानकारीका लागि मात्र हुन् । यसलाई कुनै डाक्टर वा चिकित्सा पेशेवरको सल्लाहका रूपमा लिनुहुँदैन । रोग वा संक्रमणको लक्षणका मामिलामा डाक्टर संगको परामर्श अनिवार्य छ ।

प्रतिक्रिया