स्पेनको टेनेरिफ टापुम जंगली आगो, ११ सहरका मानिस प्रभावित

एजेन्सी । स्पेनको क्यानरी द्वीप समूहको टेनेरिफ टापुमा जानाजानी आगो लगाईएको बताईन्छ । यो जानकारी क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिहोले दिएका हुन । टेनेरिफ टापुमा अगस्ट १५ मा सुरु भएको आगो अझै निभ्न सकेको छैन । फर्नान्डो क्लाभिहोले प्रहरीको अनुसन्धानमा आगो प्राकृतिक रुपमा नभई जानाजानी लगाइएको पत्ता लागेको बताएका छन् । त्यहाँको आकस्मिक सेवाका अनुसार अगस्ट २० सम्म करिब २९ हजार एकड जङ्गल जलेको छ ।
अपराधी छिट्टै समातिने आशा व्यक्त गर्दै क्लाभिहोले जानाजानी हजारौंको ज्यान जोखिममा पारिएको बताए । क्लाभिहोले जंगलमा लागेको आगलागीलाई विगत ४० वर्षयताकै सबैभन्दा भयानक आगलागी बताए । आगो निभाउने प्रयास भैरहेको भन्दै उनले टापुको दक्षिणी भागमा लागेको आगो स्थिर रहेको तर उत्तरी भागमा समेत आगो सल्किएकोमा चिन्ता रहेको बताए ।
११ सहरका मानिस प्रभावित
प्रशासनका अनुसार टापुको उत्तर र उत्तरपूर्वी भागमा लागेको आगलागीका कारण ११ सहरका १२ हजारभन्दा बढी मानिसले क्षेत्र खाली गर्नुपरेको थियो । यद्यपि मौसममा भएको सुधारले अग्निनियन्त्रकहरूलाई अगाडि बढ्न मद्दत गरेको छ । यो धेरै गाह्रो थियो, तर अग्नि नियन्त्रकहरूको प्रयासका लागि धन्यवाद, नतिजा सकारात्मक छ,ू टेनेरिफका गभर्नर रोजा डेभिलाले मिडियालाई बताएकि छिन्।
क्यानरी द्वीप समुह पर्यटकहरू बीच निकै लोकप्रिय छन्। अहिले उत्तरपूर्वी क्षेत्रमा लागेको आगलागी दक्षिणपश्चिमका मुख्य पर्यटकीय स्थलहरूबाट टाढा छ । यद्यपि, प्रशासनले टेनेरिफको ताइडे ज्वालामुखी राष्ट्रिय निकुञ्जमा रहेको सरकारी होटल खाली गराएको छ ।
खडेरीको चपेटामा स्पेन
क्यानरी द्वीपहरू विगत केही वर्षदेखि खडेरीको चपेटामा परेका छन् । स्पेनको ठूलो भागमा यो अवस्था छ। हालका वर्षहरूमा क्यानरीद्वीप समुहमा औसतभन्दा कम वर्षा भएको छ । जलवायु परिवर्तनका कारण मौसमी चक्रमा आएको परिवर्तन नै यसको प्रमुख कारण मानिन्छ । यसअघि जुलाईमा ला पाल्मा टापुको करिब ११ हजार एकड जङ्गल आगलागीको चपेटामा परेको थियो । ला पाल्मा क्यानरी द्वीप समुहका सात टापु मध्ये एक हो। यो अहिले आगो लागेको टेनेरिफ टापुको धेरै नजिक छ।
युरोपेली वन फायर सूचना प्रणाली ९भ्ँँक्ष्क्० ले युरोपेली संघ र छिमेकी देशहरूमा जंगली आगो सम्बन्धि जानकारी र सुरक्षा प्रदान गर्दछ । इएफएफआइएसका अनुसार २०२३ मा जंगलमा लागेको डढेलोबाट प्रभावित युरोपेली संघका देशहरूमा स्पेन शीर्ष स्थानमा छ ।
यहाँ आगलागीबाट १ लाख ८५ हजार एकड जङ्गल जलेको छ । स्पेनपछि इटाली र ग्रीस छन्। २०२२ मा पनि स्पेनको अवस्था खराब थियो । गत वर्ष जंगलमा लागेको डढेलोका कारण ईयूमा करिब २० लाख एकड जङ्गलमा क्षति पुगेको थियो । तीमध्ये ४० प्रतिशत स्पेनमा छन्।
स्रोत : एजेन्सी

प्रतिक्रिया