मंगलबार, असार १०, २०८२

शीर्ष नेताहरूको बैठक बस्दै

नेपालखोज २०८० भदौ ६ गते ८:५६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ ।

मंगलबार बस्ने भनिएकाे बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बस्न सकेकाे थिएन ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित सदन चल्न दिएको छैन । सोमबार रातिको बैठकमा समिति बनाउने सहमति भएको थियो ।

मंगलबारको बैठकले समितिको विषयमा मस्यौदा बुझाउने र बैठकले त्यसलाई अन्तिम रूप दिने तयारी गरेको थियो ।

प्रतिक्रिया