यस्ताे छ विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०८० भदौ ६ गते १०:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७७ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ १३ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ३० पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ४६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया