आइतबार, जेठ ६, २०८१

तुइनमा अड्किएका सबैको उद्धार

नेपालखोज २०८० भदौ ६ गते १२:४९

इस्लामावाद । पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँबाट विद्यालय जाने क्रममा तुईनमा अड्किएका दुई जना वयस्कसहित छ जना बालबालिकाको सात घण्टापछि सकुशल उद्धार गरिएको छ ।

पाकिस्तानी सेनाका कमाण्डोले कठोर परिश्रम एवं सैन्यकौशल प्रदर्शन गर्दै हेलिकप्टर प्रयोग गरेर समुद्र सतहबाट एक हजार दुई सय फिटको उचाइमा अड्किएको तुईनबाट उनीहरूको उद्धार गरेका हुन् ।

एउटा डोरीमा अड्किएको तुइनको नजिक हेलिकप्टर उडाउँदा त्यसका पखेँटाले डोरी काटिने जोखिमलाई दृष्टिगत गरी चालक दल र कमाण्डोले उद्धार कौशल प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया