एसिया कप खेल्न पाकिस्तान पुग्यो नेपाली टोली
नेपालखोज
२०८० भदौ ६ गते १५:०१

काठमाडौं । एसिया कप खेल्न गएको नेपाली क्रिकेट टोली पाकिस्तान पुगेको छ ।
आज बिहान नेपाली टोली पाकिस्तानकाे कराँची पुगेका हुन् । उनीहरुलाई पाकिस्तानमा माला लगाएर, जुस पिलाएर स्वागत गरिएको थियो ।
पाकिस्तान पुगेको टोलीमा स्पिनर सन्दीप लामिछाने भने छैनन् । एसिया कप आउँदो १३ गतेबाट सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै गएका हुन् ।
एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् ।
सम्बन्धित

प्रतिक्रिया