कुवेतलाई हराउदै नेपालको जीत

काठमाडौं । इन्दु बर्माको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिज अन्तर्गत कुवेतलाई ३४ रनले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पुगेको छ ।
जितको लागि ९० रनको मध्यम विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनायो ।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ । पराजित भएमा अन्य टोलीको नेटरनरेटमा भर पर्नेछ ।
शीर्ष दुईमा रहन सके शनिबार फाइनल खेल्नेछ । पराजित भएमा तेस्रो स्थानको लागि खेल्नेछ । नेपालले सोमबार थाईल्यान्डसँग पनि अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ ।
नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।
फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

प्रतिक्रिया