कांग्रेस चिन्तक स्वर्गीय गिरिको अस्तु गंगामा विर्सजन
नेपालखोज
२०८० भदौ ६ गते १६:५४

काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु गंगामा विसर्जन गरिएको छ ।
‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले स्व गिरिको अस्तु काठमाडौंको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गरेको हो ।
मंगलबार साँझ साढे चार बजे काशी हिन्दु विश्वविद्यालयमा शोक सभा आयोजना गरेपछि उनको अस्तु तुलसीघाटमा सेलाउँदा संकट मोचनका महन्त प्रोफेसर विश्वम्भर नाथ मिश्र, मोहन प्रकाश जी, भाजपा नेता अशोक पांडेयलगायतका भारतीय नेता तथा नेपालबाट अस्तु लिएर गएका नेपाली कांग्रेसका नेता तथा नेता गिरिका अनुयायी सहभागि थिए ।
नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली काठमाडौंको पशुपति नाथबाट अस्तु विसर्जन यात्रामा निस्किएको थियो ।
सम्बन्धित

प्रतिक्रिया