मंगलबार, असार १७, २०८२

चितुवाको आक्रमणबाट घाइते

नेपालखोज २०८० भदौ ७ गते १०:४०

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् ।

चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । उनका अनुसार तमाङले सञ्चालन गरेको कुखुरा फार्ममा चितुवा पसेर उनलाई आक्रमण गरेको हो ।

घाइते तामाङको उपचार भइरहेको छ । यसैगरी आक्रमण गर्ने चितुवासमेत घाइते भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए।

प्रतिक्रिया