शनिबार, जेठ ५, २०८१

विमान दुर्घटनामा वाग्नर प्रमुख येभगेनीसहित १० को मृत्यु

नेपालखोज २०८० भदौ ७ गते १३:०५

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह सुरु गरेका वाग्नर ग्रुप प्रमुख येभगेनी प्रिगोजिनको बुधबार मुत्यु भएको बताइएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको हो।

दुर्घटनामा परी वाग्नर प्रमुख प्रिगोजिनसहित १० जनाको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ। यो दुर्घटना मस्कोको उत्तरी क्षेत्रमा बुधबार दिउँसो भएको थियो। रुसको नागरिक उड्डयनले प्रिगोजिनको नाम प्यासेन्जर लिस्टमा भएको बताएको छ।

एम्बरर एयरक्राफ्ट नामक विमान मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै थियो। प्रिगोजिनबाहेक विमानमा निजी सैन्यका उपसंस्थापक तथा पूर्व रुसी स्पेसल फोर्स कमान्डर दिमित्री उत्किन पनि सवार हुनुहुन्थ्यो।

साथै वाग्नरका अन्य अधिकारी पनि विमानमा सवार रहेको बताइएको छ।

प्रिगोजिनले जुन महिनामा राष्ट्रपति पुटिनविरुद्ध विद्रोह सुरु गरेका थिए। त्यसपछि उनी भागेर बेलारुस पुगेका थिए। तर उनी रुस कैले र कसरी पुगे भन्ने स्पष्ट भइसकेको छैन। स्काई न्युजसँगको कुराकानीमा एक रुसी अधिकारले विमान दुर्घटनाको छानबिन सुरु गरेको बताएका छन्।

प्रिगोजिनको जन्म १ जुन १९६१ मा सेन्ट पिटर्सबर्गमा भएको थियो। उनी सन् १९८१ मा चोरी, लुटपाटजस्ता घटनामा रुसी अदालतले दोषी ठहर्याउँदै सजाय तोकेको थियो। यद्यपि सोभियत युनियनको पतनसँगै ९ वर्षपछि रिहा गरिएको थियो। जेलमुक्त भएपछि व्यापारमा लागेका थिए।

प्रतिक्रिया