बुधबार, असार १८, २०८२

छवटा प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसाे र राति कस्ताे रहला माैसम ?

नेपालखोज २०८० भदौ ८ गते ६:२७

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेकाे जल तथा माैसम पूर्वानुमान महनशाखाले जनाएकाे छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू-भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको विभागले उल्लेख गरेकाे छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेश र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेकाे छ ।

प्रतिक्रिया