वास्तु ज्ञान : डाइनिङ टेबुलमा नराख्नुहोस् यी चिज !

काठमाडाैं । घरको डाइनिङ टेबुलमा राखिएका कतिपय कुराले घरको वास्तुलाई बिगार्न सक्छ, जसका कारण घरका सदस्यहरूमा स्वास्थ्य, आर्थिक , करियर तथा दाम्पत्य जीवन सम्बन्धि समस्या सृजना हुन सक्छ। जानौँ डाइनिङ टेबुलमा के राख्नु हुँदैन ?
औषधि : घरको डाइनिङ टेबलमा औषधि राख्नु हुँदैन । खानाखाने टेबलमा लामो समय राखिएको औषधिले बिरामी व्यक्ति र घरका अन्य सदस्यहरूमा नकारात्मक असर पार्छ र नयाँ रोग लाग्न सक्छ ।
कटलरी सेट : यदि कटलरी सेटको शौकीन हुनुहुन्छ र खाने टेबलमा कटलरी प्रयोग गर्नुहुन्छ भने त्यसको चुच्चो सधैं तल फर्किएको होस् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ ।
कृत्रिम फलफूलको टोकरी : खाना खाने टेबलमा ताजा फलको टोकरी राख्न सकिन्छ । डाइनिङ टेबुलमा कृत्रिम फलफूलको टोकरी भने राख्नुहुँदैन । टोकरीमा ताजा फल मात्र राख्ने प्रयास गर्नुपर्छ । यसबाट घरमा सुख शान्ति बढ्छ ।
विशेष जानकारी : यो लेखमा दिइएको जानकारी परम्परा, पुराना ग्रन्थ तथा मान्यतामा आधारित छ । हामी यो पूर्ण रूपमा सत्य र सही छ भनी दाबी गर्दैनौं । कुनै पनि उपाय अपनाउनु अघि, सम्बन्धित क्षेत्रका विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया