धरानमा आज सदभाव र्याली

काठमाडौं । धरानमा पछिल्लो समय उत्पन्न विवाद समाधानका आज शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठक बस्ने भएको छ । त्यस्तै, धरानको सामाजिक सदभाव कायम राख्न शुक्रबार दिउँसो २ बजे नागरिक स्तरबाट सदभाव र्याली समेत निकाल्ने तयारि गरिएको छ ।
धरानमा पछिल्लो समय भइरहेको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै धरानका पूर्वमेयरहरुको बैठकले धरानबासीमा चार बुँदे आह्वान गरेका छन् । धरान सांस्कृतिक रुपमा वर्षौंदेखि आपसी सद्भाव, भाइचारा तथा एकता कायम गरेको समाज भएको र यस किसिमको सामाजिक सदभाव धमिल्याउने गतिविधि पहिले कहिल्यै नभएको उल्लेख गर्दै पूर्वमेयरहरुको बैठकले धार्मिक तथा सांस्कृतिक विवादलाई सम्बन्धित पक्षहरु बसेर वार्ता तथा छलफलबाट समाधान गर्न आग्रह गरेको छ ।
पूर्व मेयर कुमार बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले धरानको सम्भावित सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै शान्ति सुरक्षा कायम गर्न पनि सम्बन्धित पक्षसँग आग्रह गरेको छ । बैठकमा निर्वतमान मेयर तिलक राई, पूर्वमेयरहरु मनोज कुमार मेन्याङबो, मिन कुमार सुब्बालगायतको उपस्थिति थियो ।


प्रतिक्रिया