भुसुनेको जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध

नेपालखोज २०८० भदौ ८ गते ९:४६

ओखलढुंगा । ओखलढुङ्गाको भुसुने जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको अबिरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जंगलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको जानकारी दिए ।

सडक अवरुद्ध भएपछि ओखलढुङ्गा र सोलुखुम्बुबाट राजधानी काठमाडौं र तराईका जिल्लाका लागि छुटेका सवारी ओखलढुङ्गाको मिलनचोक रमाइलोडाँडा क्षेत्रमै रोकिएका छन् ।

निरन्तरकोे वर्षाका कारण जिल्लाभरका ग्रामीण सडकमा पहिराको जोखिम बढेको छ । अधिकांश सडक अवरुद्ध छन् ।

प्रतिक्रिया