आइतबार, जेठ ६, २०८१

संसारका सबैभन्दा महँगा देश कुन–कुन ?

नेपालखोज २०८० भदौ ८ गते १४:४०

काठमाडाैं । पछिल्ला केही वर्षयता आफ्नो देश छोडेर विदेशमा बस्ने क्रम बढेको छ । यो अवस्था सारा संसारमा छ। कतिपयलाई विदेशमा उपलब्ध सुविधा र त्यहाँको नियम–कानून मनपर्छ तर त्यसो गर्नेले टाढाको ढोल रमाइलो सुनिन्छ भन्ने भनाइ बिर्सनु हुँदैन । वास्तवमा, संसारका धेरै देशहरू यति महँगा छन् कि त्यहाँ गएर जीवन बिताउन सजिलो छैन।

यी हुन संसारमा बस्नखान सबैभन्दा महँगा देश :

नर्वे सँधै विश्वको सबैभन्दा महँगो देशको सूचीमामाथि रहँदै आएको छ । यहाँ खाना र यातायात शुल्क बाँकी युरोप भन्दा धेरै माथि छ । नर्वेमा २५ प्रतिशत सम्म भ्याट (VAT) लगाइन्छ । त्यस्तै, खाद्यान्नमा १५ प्रतिशत कर लगाइएको छ , जुन तुलनात्मक रुपमा कम भए पनि निकै महँगो मानिन्छ ।

लक्जमबर्ग पश्चिमी युरोपको सानो देश हो । यहाँ बस्ने लागत पश्चिमी युरोपका अन्य शहरहरू भन्दा महँगो छ। लक्जेम्बर्गमा बस्ने लागत पश्चिमी युरोपका ८१ प्रतिशत सहरहरू भन्दा महँगो छ। यसबाहेक यो विश्वका ८५ प्रतिशतशहरहरू भन्दा महँगो छ। यहाँका केही मानिस आफ्नो साप्ताहिक किनमेल गर्न सीमा पार जान्छन्। किनभने दूधदेखि मासु र बियरसम्म सबै कुरा लक्जमबर्गको तुलनामा फ्रान्समा धेरै सस्तो छ।

डेनमार्कमा बस्ने, खाने, पिउने र यातायात नेपालका जनताको पहुँचभन्दा बाहिर छ। यहाँ बस्ने खर्च पनि सस्तो छैन। सबैजना टापुमा बस्न चाहन्छन्, तर अधिकांश टापुको लागत यति धेरै छ कि त्यहाँ बस्न सजिलो छैन। बर्मुडा जस्तै बहामास पनि एउटा टापु हो।यहाँ बस्ने लागत धेरै उच्च छ। यो टापुमा घर बनाउन सजिलो छैन। बर्मुडाको समुद्री तट र यसको सुन्दरताले मानिसहरूलाई आफूतिर आकर्षित गर्छ। त्यसैले यो टापुमा बस्न सबैको चाहना हुन्छ। तर यहाँ बस्नु धेरै मानिसका लागि सपना मात्र हो।

बर्मुडा उत्तरी अटलांटिक महासागरमा रहेको ब्रिटिश टापु क्षेत्र हो। यो बस्नका लागि सबैभन्दा महँगो देशहरू मध्ये एक हो। यसको राजधानी ह्यामिल्टन पनि सबैभन्दा महँगो शहरहरू मध्ये एक हो। नुम्बेओका अनुसार बर्मुडामा बस्ने लागत अमेरिकाको तुलनामा धेरै उच्च छ। वर्षौंदेखि, आइसल्याण्ड ट्राभल ब्लगरहरू र प्रकृति प्रेमीहरूको लागि लोकप्रिय गन्तव्य भएको छ। घर बनाउने हिसाबले यहाँ बस्ने खर्च महँगो छैन तर यहाँ खाना र किराना सामान धेरै महँगो छ। आइसल्याण्ड अधिकांश खाद्यान्न अन्य देशबाट आयात गर्न बाध्य छ, जसले लागत बढाउँछ र खाना महँगो बनाउँछ। अष्ट्रेलिया, पर्यटकहरूको लागि अर्को मनपर्ने गन्तव्य हो । यो देस वन्यजन्तु र सांस्कृतिक सम्पदाले धनि छ। यो देश प्रसिद्ध ग्रेट ब्यारियर रीफ र सिड्नी ओपेरा हाउसका लागि पनि प्रसिद्ध छ। यद्यपि यो पनि एउटा महँगो देश हो ।

प्रतिक्रिया