शनिबार, जेठ ५, २०८१

विष्णुपुर गाउँपालिका अध्यक्ष अख्तियारको फन्दामा

नेपालखोज २०८० भदौ ८ गते १४:५६

जनकपुरधाम । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीले बुधबार नियन्त्रणमा लिएको छ ।

घुस रकमसहित पक्राउ परेका गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटरको बयानको आधारमा अध्यक्ष यादवलाई अख्तियारले बुधबार नै नियन्त्रणमा लिएको छ ।

उनलाई ईटहरी लगिएको थियो । तर बिरामी परेपछि अध्यक्ष यादवलाई काठमाडौं लगिएको छ ।

स्रोतका अनुसार उनीहरुले पालिका अध्यक्ष यादवको सल्लाहमै घुस लिएको बयान दिएका छन् । सोही बयानको आधारमा पालिका अध्यक्ष यादवलाई अख्तियारले नियन्त्रणमा लिएको बुझिएको छ ।

प्रतिक्रिया