नेपालखोजमा दिनभरकाे खबर सारांश !
जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन प्रकरणका विषयमा कुनै तथ्य प्रमाण, सूचना भए ब्यूरोमा पठाएर सहयोग गर्न अनुरोध ।
हिमाली जिल्ला मनाङको सदरमुकाम वरपरका घट्टे खोला बढेपछि आवतजावत रोकियाे ।
नेकपा (एमाले) केन्द्रीय सचिवालयको यही भदौ ९ गते सिरहा जिल्ला धनगढीमाई नगरपालिका–४ मा तोकिएको विशेष बैठक प्रतिकूल मौसमका कारण स्थगन ।
भारी वर्षका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध ।
नेपाल चार देशसम्मिलित महिला टि२० आई सिरिजमा घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएपनि फाइनलमा ।
चार जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत ।
क्यानको बागमती प्रदेश अध्यक्षमा पारसलाई समर्थन दिने प्रतिवद्धता ।
धरानमा निषेधाज्ञा, प्रवेश नाकामा कडाइ
प्रतिक्रिया