वास्तु ज्ञान : कस्ताे हुनुपर्छ अध्ययन कक्ष

काठमाडाैं । आज वास्तुशास्त्रमा हामी अध्ययन कक्षसँग सम्बन्धित केही कुरा गर्नेछौं । वास्तुशास्त्र अनुसार अध्ययन कक्षमा किताबको आलमारी राख्नु र अध्ययन गर्दा बस्ने दिशा सही हुनु महत्त्वपूर्ण छ । किताबको आलमारी राख्न अध्ययन कक्षमा पश्चिम दिशा रोज्नुपर्छ । यदि पश्चिम दिशामा धेरै ठाउँ छैन भने, यो पर्खालको छेउमा पश्चिम देखि दक्षिण फर्काएर राख्न सकिन्छ। यसका अतिरिक्त अध्ययन गर्दा मुख पूर्व दिशामा हुनुपर्छ । पूर्व दिशामा व्यवस्था नभए उत्तर/पूर्व दिशामा फर्केर पनि अध्ययन गर्न सकिन्छ । यसले बुझ्न सजिलो बनाउँछ ।
अध्ययन कोठाको रंग
वास्तुअनुसार अध्ययन कोठामा रङ छनोट गर्दा अन्य कुराको जत्तिकै ख्याल गर्नुपर्छ, किनभने रंगले त्यो ठाउँको वातावरण निर्धारण गर्छ । अध्ययन कक्षलाई हल्का पहेंलो, हल्का गुलाबी वा हल्का हरियो रंगले रंगाउनु राम्रो हुन्छ ।
पहेँलो शिक्षाको रंग हो र हरियो बुद्धिको देवताको रंग हो तसर्थ, अध्ययन कक्षका लागि यी रंगहरू छनोट गर्दा बौद्धिक क्षमता बढ्छ, उसको विवेक बलियो हुन्छ र स्मरणशक्ति बढ्छ।
अध्ययन कक्षको तस्बिर
वास्तुशास्त्र अनुसार अध्ययन कक्षमा केही राम्रा तस्बिर राख्नुपर्छ । अध्ययन कक्षमा चार्ट, सकारात्मक विचार, सफल व्यक्तिको तस्बिर, उदाउँदो सूर्यको चित्र, दौडिरहेको घोडा, रुख र बोटबिरुवा वा चराचुरुङ्गीका चित्रहरू राख्नुपर्छ ।
विशेष जानकारी : यो लेखमा दिइएको जानकारी परम्परा, पुराना ग्रन्थ तथा मान्यतामा आधारित छ । हामी यो पूर्ण रूपमा सत्य र सही छ भन्ने दाबी गर्दैनौं । कुनै पनि उपाय अपनाउनु अघि, सम्बन्धित विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ

प्रतिक्रिया