सम्झनामा गोपाल योञ्जन

काठमाडाैं । आज स्वर्गीय गोपाल योञ्जनको ८१ औं जन्मजयन्ती उनी प्रति हार्दिक श्रद्धाञ्जली ।
दार्जिलिङमा वि.सं. २००० भदौ १० गते जन्मिएका गोपाल योञ्जन प्रवासी नेपाली भए पनि नेपालको मायाले नेपाल आए । नेपाली गीत र संगीत प्रति उनीको योगदान अविस्मरणीय रहेको छ ।
दार्जिलिङको सम्पन्न योञ्जन परिवारमा जन्मएका गोपाल योञ्जनको प्रेम भने भुटिया समुदायको रिन्छेनसंग भएको थियो । रिन्छेन भने भिक्टोरिया क्रस बिजेता गन्जु लामाको छोरी थिइन् ।
गन्जु लामाको भुटिया वास्तविक नाम ग्याम्त्सो स्याङदेर्पा भए पनि गोर्खाली भन्दै नेपाली नाम राखेर सातौ गोर्खा राइफलमा भर्ति भएका थिएँ । दोस्रो विश्व युद्धमा बर्माको युद्धमा उनले देखाएको वीरताको कदर गर्दै उनलाई विक्टोरिया क्रस दिइएको थियो ।
२०२६ सालमा गोपाल र रिन्छेनको विवाह भएको थियो । विवाहमा गोपालका मीत नारायण गोपाल पनि सहभागी भएका थिए । केवल ५४ वर्षको उमेरमा २०५४ जेठ ७ गते सदाका लागि यो संसारबाट बिदा भए ।

प्रतिक्रिया